दाङ। अबिर वर्षातका कारण दाङ– सल्यान सडक खण्ड बिहानै देखि अवरुद्ध भएको छ । राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर–सल्यान रुकुम सडक खण्डको राम्रीमा करिब १२ मिटर सडक भासिदा सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध हुँदा दर्जनौ सयौँ सवारी साधनहरू बिच सडकमा रोकिएका छन् । सयाैँ यात्रुहरू बीचबाटोमा अलपत्र परिरहेका छन् । यता डिभिजन सडक कार्यालय दाङले वर्षात रोकिएपछि मात्रै सडक निर्माण गरिने बताएको छ । बर्षा रोकीए पछि सडक सुचारूका लागि काम सुरु गर्ने डिभिजन प्रमुख दिपेन्द्र विष्टले बताएका छन् । प्रमुख विष्टले सडक कटीङ गर्दा माथिबाट पहिराे जान सक्ने भएकाले बर्षा रोकिएपछि काम अघि बढ्ने बताए ।
विकट ठाउँ भएकाले वैल्पिक सडकको व्यवस्था छैन । सडक छेउलाई कटिङ गरेर भएपनि एकतर्फी बाटो सुचारु गर्ने तयारीमा छौ विष्टले भने
दाङको तुलसीपुर हुँदै सल्यान, रुकुम र रोल्पा जाने दर्जनौँ रात्री तथादिवाबस, ट्रक, टेक्टर, टिप्पर, बाइकहरु बीचबाटोमा रोकिएका छन् भने रुकुम, रोल्पा र सल्यानका यात्रुहरुलाई आवतजावतमा समस्या भएको छ ।