श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद् विघटन गरेका छन्। अब मुलुकमा आगामी नोभेम्बर १४ मा संसदीय निर्वाचन गर्ने घोषणा गरिएको छ। २२५ सिटमध्ये दिसानायकेको पार्टी नेसनल पिपुल्स पावर गठबन्धनले तीन सिट मात्रै पाएको छ।
Advertisement
यसअघि मंगलबार मात्र दिसानायकेले हरिणी अमरसूर्यालाई देशको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। श्रीलंकाको इतिहासमा महिला प्रधानमन्त्री बनेको यो तेस्रोपटक हो।राष्ट्रपति निर्वाचनमा विजयी भएपछि दिसानायकेले संसदीय निर्वाचनका लागि छिट्टै संसद् विघटन गर्ने बताएका थिए।