दाङ । घाेराहीमा चट्याङ लागेर मगंलबार एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । चट्याङ लाग्दा घोराही उपमहानगरपालिका ११ खुङकोटका ३ वर्षीय समिर मृत्यु भएकाे हाे ।
Advertisement
साहुको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएकाे छ । चट्याङ लागेर सोही ठाउँमा बर्ष ४२ की
निमकली साहु र बर्ष ६ की सविना साहु घाईते रहेका छन । घाइते दुवै जनाको अवस्था मध्यम रहेको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा उपचार भईरहेको प्रहरीले जनाएकाे छ ।