• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, बैशाख १९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सल्यान प्रहरी कार्यालयको कम्पाउन्डभित्र ८६ वटा बम फेला

सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग

रोल्पा जीप दुर्घटना :एकै परिवार ९ जनाको एउटै चिहान

सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

आज यी ठाउँमा हुने छ भारी वर्षा सहितको हावाहुरी

जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो

आज फेरी बढ्यो सुनको मूल्य

खाना पकाउने ग्यासको मूल्य बढ्यो ,कति पुग्यो ?

घट्यो पेट्रोलको मूल्य

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा जीप दुर्घटना हुँदा बालक सहित १३ जना घाइते

  • २. आठबिसकोटमा जीप दुर्घटना

  • ३. एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

  • ४. रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

  • ५. आठबिसकोटमा कर्णाली गार्मेन्ट उद्योग सञ्चालन

  • ६. अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

  • ७. आज देखी नयाँ शैक्षिक सत्र सुरु

  • ८. हिंसापीडित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाज द्वारा बालबालिकालाई निःशुल्क शैक्षिक सामग्री वितरण

  • ९. आठबिसकोटमा पुनर्निर्माणको पहिलो किस्ता माग, तत्काल काम अगाडी बढाउन ध्यानआकर्षण

  • १०. सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

जनताका माझ लोकप्रीय केशरमान

"भन्छन आत्मनिर्भर वडा बनाउँदैछु "

  •   बुधबार, असोज ०९, २०८१ मा प्रकाशित
  • संघीय संरचना पछी देशमा बनेका स्थानीय सरकार जनताको सरकारका रुपमा रहेका छन्। जनताको सबैभन्दा नजिकको सरकार स्थानीय सरकार भएकाले यसलाई गाउँको सिंहदरबारका रुपमा लिईन्छ । ७५३ वटै स्थानीय तह र प्रत्येक  पालिकामा वडा सरकारहरुरहेका छन्। सिमित स्रोत साधनका विच वडा सरकारले कसरी काम गरेका छन? पालिका भन्दा झनै नजिकको वडा सरकारले कसरी जनताका गुनासा सम्बोधन गरेको छ ?  उसो त संविधान र कानुनमा लेखेको भन्दा बढी जिम्मेवारी हुन्छ । वडा कार्यालय र वडाअध्यक्षको। सामान्य देखि जटिल समस्याहरु वडाअध्यक्ष सँग आउने गर्छन्। जनताले रुचाएका जनप्रतिनिधीलाई गाउँका सामान्य श्रीमान् श्रीमतीको झगडा , पैसा लेनदेन, गालीगलौज, गाउँमा कोही बिरामी पर्यो, धारामा पानी आएन जस्ता कामहरु वडाअध्यक्षको काँधमाआउँछन्।

    Advertisement

    यस्तै सन्दर्भ लिएर स्थानीय जनताको साना ठुला सामाजिक क्रियाकलाप सँगै विकासमा समेत सक्रिय भएर जनताको दैनिक सेवामा प्रत्यक्ष सरोकार राख्ने, युवा वडाअध्यक्षको कार्यशैली र समग्र वडाको अवस्थाबारे उज्यालोपाटीले युवा ग्यालरी , उज्यालो स्टोरी तयार पारेको छ । हामीले त्यस्ता युवा जसले समाज परिवर्तनको लागी खेलेको भुमिकालाई स्टोरीमा समावेश गरेका छौँ ।

    “युवा नै देशको अग्रगामी विकासका मुल आधार हुन् र युवाको मेहनतले नै देश बन्छ” – यो भनाई नयाँ होईन । अधिकांशको मुखमा झुण्डिएको भनाई हो । युवाको काँधमा परेको जिम्मेवारी समाज परिवर्तनका लागी महत्वपुर्ण मानिन्छ । युवामा समाज र देशको लागि केही गर्ने चाहना पनि अधिक हुन्छ । यही कारण युवालाई असीम ‘ऊर्जाको केन्द्र’ र ‘देशको गौरवको आधार’को उपाधि दिनुलाई सही नैमान्नु पर्दछ । हाम्रो नेपालको कुल जनसङ्ख्याको ४०.३५ प्रतिशत हिस्सा युवाले ओगटका छन् । नेपाल सरकारको युवा नीतिले युवालाई‘राष्ट्रको शक्ति, अमूल्य सम्पत्ति, अग्रगामी परिवर्तनका वाहकहरु’ भनेर व्याख्या गरेको छ । युवा जागरूक र जोश जाँगर हुन्छ ।

    संघीय संरचना पछी स्थानीय तहको पहिलो निर्वाचनमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ बाट २५ वर्षिय केशरमान विकनिर्वाचित भए । साविकको स्यालाखदी सबैभन्दा दुर्गम मानिन्छ । पालिकाको केन्द्र सम्म आईपुग्न एक दिन हिड्नुपर्छ  । यही गाउँमा युवावडाअध्यक्ष मा निर्वाचित भएका छन्।  उनी वडाअध्यक्षमा निर्वाचित हुँदा कसरी काम गर्ने, बजेट कार्यन्वयन कसरी गर्ने, वडाको विकास लगायतका थुप्रै अन्योलता पैदा भए । आठबिसकोट नगरपालिकाका सबैभन्दा कान्छा वडाअध्यक्षका रुपमा निर्वाचित भएका केशरमानलाई चुनौतीका पहाड नै थिए । उनको गाउँ स्यालाखदीमा एक किसिमको द्वन्द नै थियो । भने अर्कोतिर अशिक्षा, गरिबि र विकास का हिसावले निकै पछाडी परेको थियो । पालिकाबाट वडालाई प्राप्त बजेटले उनलाई काम गर्न समस्या थपिरह्यो । निर्वाचित भएको केहिसमयमै गाउँमा भएको झगडाले उनी केही समय भुमिगत भएरै बस्नुपर्यो । जातीय बिभेद र राजनैतिक रिसिइबिका कारण स्यालाखदीमा ठुलो लडाई सुरु भयो ।

    नेपाली काँग्रेस र माओवादी विचको लडाईले जातीय रुप लिएपछी गाउँ गाउँ विचमा सुरु भएको लडाईबाट जनप्रतिनिधी र माओवादी,काँग्रेसका नेता समेत भुमिगत हुनुपर्यो । केशरमानलाई गाउँ बस्ने अवस्था भएन ।दुई वर्ष उनले गाउँ बस्नको लागी अन्तरसंघर्षगरिरहे । समाज परिवर्तनका लागी आफु समेत भुमिगत रहेका विक लाई समाजमा जरा गारेर बसेको छुवाछुत र त्यो लडाईको अन्त्य गर्न सजिलो थिएन्। धेरैले त्यही लडाईका कारण मुद्धापनी खेप्नुपर्यो । समाज परिवर्तन र गाउँमा शान्ती कायम गर्नु केशरमानको मुख्य उदेश्य थियो । तर त्यो त्यति सजिलो थिएन्। लडाई झगडामै रुमलिएर उनले आफ्नो कार्यकालको दुई वर्ष विताएपछी गाउँमा एक किसिमको सहमति भयो । राजनीतिक दल, जनप्रतिनिधी लगायत गाउँका अगुवाहरु मिलेर झगडाको अन्त्य गरेपछी उनलाई काम गर्न केहि सजिलो बन्यो ।  गाउँमा शान्ती कायम पछी उनले खदीलाई विकासको नयाँ मोडेलका रुपमा अगाडी सारिरहेका छन्।

    अहिले केशरमानले दोस्रो कार्यकाल सम्हाली रहेका छन्। वडामा देखिएको विकास र सामाजिक रुपमा आएको परिवर्तनका कारणउनलाई जनताले दोस्रो पटक वडाअध्यक्षमा निर्वाचित बनाए । झगडाको अन्त्यपछी खदीमा अहिले शान्त छ । जातीय विभेदपनी अन्त्यभएको छ । गाउँमा झगडाको मुख्य कारक जाँडरक्सी जस्ता कुलत भएकाले उनले आफ्नो वडामा मदिरा र सुर्तीजन्य पदार्थ निषेध गरेकाछन्। करिब सात वर्ष देखी खदीमा मदिरा निषेध गरिएको छ । बालबिवाह न्युनिकरणका लागी बिहे कार्डमा जन्ममिति अनिवार्य गरिएको छ । समाजको विकास एक निरन्तर चलिरहने प्रक्रिया हो, जसले समाजको सामाजिक, आर्थिक, भौतिक र वातावरणीय अवस्थालाईसकारात्मक तरिकाले परिवर्तन गरिरहेको हुन्छ । तर, परिवर्तन सहजै आउँदैन । वास्तविक परिवर्तनका लागि समुदायका सबै तहका वर्गर समूहको सहभागिताको आवश्यकता पर्ने उनी बताउँछन्।

    विक भन्छन, म जनतालाई दुःख होइन, सुख दिन राजनीतिमा होमिएको हुँ । त्यसैले मेरोतर्फबाट जनतालाई कुनै पनि हालतमा दुःख दिन्न। म निर्वाचित भएर आउँदा गाउँमा विकराल समस्याहरु थिए। एकातिर सामाजिक विभेद थियो । अर्कोतिर विकाशका हिसाबले शुन्य थियो । मेरो पहिलो कार्यकालको आधी वर्ष त गाउँको झगडा मिलाउनमै सकियो । बाँकी कार्यकालमा सबै क्षेत्रको समष्टिगत विकासभएको छ । जनप्रतिनिधिको जिम्मेवारी र अधिकार क्षेत्र फराकिलो छ । तर, स्थानीय निकायको बजेट अत्यन्तै न्यून छ । जनताका आकांक्षा र चाहना धेरै छन् । विक पछिल्लो युवा पुस्ताले रुचाएका जनप्रतिनिधि हुन्। उनको कार्यक्षमताकै कारण युवाहरुको आकर्षण बढ्दै गएको स्थानीय बताउँछन्।

    सात वर्ष पहिले खुकुरीको धारमा रहेको खदी अहिले शान्त छ । विकासको हिसावले पनी उत्तिकै अगाडी बढीरहेको छ । २५ वर्षिय युवाले देखेको सपना र खेलेको भुमिकाले उदाहरणीय समाज बनेको स्थानीय बताउँछन्। अहिले खदी राप्ती राजमार्ग सँग जोडिएको छ ।एक घर एक धारा, केन्द्रीय लाइनको बिजुलीले गाउँ अन्धकार मुक्त बनेको छ । स्वास्थ्य शिक्षा र पुर्वाधार विकासका हिसावले खदीले फड्को मारिसकेको छ । निरन्तर मेहनत र इमान्दारिताका साथ काम गराइले अहिले उनी युवाहरुको रोजाईमा परेका छन्। काम गर्नेचाहाना भएमा सिमित स्रोत साधनका बिचपनी समृद्धिको सपना पुरा हुने उदाहरण उनी बनेका छन्। आफ्नो श्रम र सीपलाई व्यवहारमा लागु गर्नुपर्छ । भन्ने हेतु भएका विकको गाउँमा श्रमदान मार्फत भित्री सडक, बजारक्षेत्र सरसफाई लगायतका जनश्रमदान गरेर बाटाघाटा, खानेपानी लगायत निर्माण भएका छन्। लडाई झगडाले थिचिएको स्यालाखदीमा शान्ती कायम सँगै सुरुवाती दिनभन्दा पछिल्ला दिन सहज बन्दै गैरहेका छन् ।

    • जनप्रतिनिधि
    • स्थानीय तह
    बुधबार, असोज ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सल्यान प्रहरी कार्यालयको कम्पाउन्डभित्र ८६ वटा बम फेला
    सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग
    रोल्पा जीप दुर्घटना :एकै परिवार ९ जनाको एउटै चिहान
    सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा
    आज यी ठाउँमा हुने छ भारी वर्षा सहितको हावाहुरी
    जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो

    लोकप्रिय

    • १.
      आठबिसकोटमा जीप दुर्घटना हुँदा बालक सहित १३ जना घाइते

    • २.
      आठबिसकोटमा जीप दुर्घटना

    • ३.
      एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

    • ४.
      रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

    • ५.
      आठबिसकोटमा कर्णाली गार्मेन्ट उद्योग सञ्चालन

    • ६.
      अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

    भर्खरै

    • १.
      सल्यान प्रहरी कार्यालयको कम्पाउन्डभित्र ८६ वटा बम फेला

    • २.
      सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग

    • ३.
      रोल्पा जीप दुर्घटना :एकै परिवार ९ जनाको एउटै चिहान

    • ४.
      सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

    • ५.
      आज यी ठाउँमा हुने छ भारी वर्षा सहितको हावाहुरी

    • ६.
      जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो

    • ७.
      आज फेरी बढ्यो सुनको मूल्य

    • ८.
      खाना पकाउने ग्यासको मूल्य बढ्यो ,कति पुग्यो ?

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.