काठमाडौँ । आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ। संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाहरूलेविभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् ।
Advertisement
संघीय राजधानी काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्रपौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ । त्यसअवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवंप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् ।