नेपाल सरकारका महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी आज रुकुम पश्चिम आउने कार्यक्रम तय भएको छ ।
आमा समूह, विपद् प्रभावित महिला, बालबालिका तथा दलित समुदायसँग अन्तरक्रियाको लागि उहाँ रुकुम आउने भएकी हुन । सचिवालय सहितको समूह आज बेलुका रुकुम पश्चिम पुग्ने कार्यक्रम रहेको छ ।
बादीले जिल्लाको त्रिवेणी गाउँपालिकाको सिम्रुतु, सानीभेरी गाउँपालिकाको सिम्ली र चौरजहारी नगरपालिकामा विपद् प्रभावित महिला, बालबालिका तथा दलित समुदायसँग भेटघाट गर्ने कार्यक्रम तय भएको सचिवालयले बताएको छ ।