काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ। आज सुन तोलामा ६ सय रुपैयाँले बढेर दुई लाख ७५ हजार ६०० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी २० रुपैयाँले घटेर तीन हजार ६५५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा तीन हजार ६७५ कायम रहेको थियो ।