मदरल्यान्ड सेकेन्डरी स्कुल, मास्बारमा सक्रिय मदरल्यान्ड चेस क्लब (MCC) को आयोजनामा मिति २०८३ असोज ३ गते शनिबार (बिहान १०:३० देखि दिउँसो १:०० बजेसम्म) क्लब पुनर्गठन, बिदाइ, स्वागत तथा पदभार ग्रहण कार्यक्रम “Passing the Crown” औपचारिक रूपमा सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय चेस खेलाडी तथा मदरल्यान्ड चेस क्लबका अध्यक्ष श्री परिवेश थापाको सभापतित्वमा सम्पन्न उक्त औपचारिक कार्यक्रमको सञ्चालन नवनिर्वाचित महासचिव विशेष बन्जराले गर्नुभएको थियो।
क्लबको जग बसाल्न र विगत ७ महिनासम्म सक्रिय योगदान पुर्याउनुभएका निवर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई सम्मानपत्र र खादासहित ससम्मान बिदाइ गरियो। बिदाइ हुनेहरूमा:
निवर्तमान उपाध्यक्ष: रिजन सुवेदी
निवर्तमान महासचिव: दिब्या पराजुली
निवर्तमान सचिव: फिजिक अधिकारी
निवर्तमान कोषाध्यक्ष: अनिश ढकाल
निवर्तमान बोर्ड सदस्यहरू: उमन सिंह खत्री, स्पन्दन गोर्खाली, रूपम ज्ञवाली र सजल गुरुङ
निवर्तमान टिमको तर्फबाट मन्तव्य:
निवर्तमान सचिव फिजिक अधिकारीले आफ्नो कार्यकालको अनुभव साट्दै क्लब स्थापनाको सुरुवाती चरणदेखि हालसम्म गरिएका संघर्ष, सिकाइ र उपलब्धिहरूको चर्चा गर्नुभयो। साथै, नयाँ कार्यसमितिले क्लबलाई अझै उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दै कार्यकाल सफलताको शुभकामना दिनुभयो।
नवनिर्वाचित कार्यसमिति घोषणा तथा पदभार ग्रहण:
क्लबलाई थप गतिशील र प्रभावकारी बनाउने उद्देश्यका साथ पुनर्गठित नयाँ कार्यसमिति घोषणा गरी पदभार हस्तान्तरण गरियो:
उपाध्यक्ष: आयुषा पोखरेल र प्रवेग अधिकारी
महासचिव: विशेष बन्जरा
सचिव: आशामणी रानाभाट र नियोन पौडेल
कोषाध्यक्ष: अर्णव नगिला
हेड अफ बोर्ड डिपार्टमेन्ट: अनिश अधिकारी
हेड अफ जनरल डिपार्टमेन्ट: निरज गुरुङ
कार्यसमिति सदस्यहरू: उज्ज्वल शर्मा चापागाईं, निलम पंगेनी, पुष्पा रानाभाट, इस्माइल कुँवर, आर्जु हमाल र अभिषेक अधिकारी
अध्यक्षीय मन्तव्य (परिवेश थापा):
सभाध्यक्ष तथा अन्तर्राष्ट्रिय चेस खेलाडी परिवेश थापाले मन्तव्य राख्दै स्थापनाको छोटो अवधि (मात्र ७ महिना) भित्रै क्लबले प्रदेश तथा राष्ट्रिय स्तरसम्म पुगेर उल्लेखनीय प्रभाव छाड्न सफल भएको बताउनुभयो। उहाँले क्लबका हरेक गतिविधिहरू नेपाल सरकारको राजपत्र र औपचारिक प्रशासनिक मर्यादा अनुसार सञ्चालन हुँदै आएको प्रष्ट पार्नुभयो। साथै, चेस खेल मात्र नभई विद्यार्थीहरूबीच आपसी भाइचारा, मित्रता (Friendship) र समाजीकरण (Socialization) निर्माण गर्ने सशक्त माध्यम बनेको उल्लेख गर्दै आगामी दिनमा यसलाई अझ बृहत् बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
औपचारिक पहिलो बोर्ड बैठक सम्पन्न:
मूल कार्यक्रम सम्पन्न भएलगत्तै नवनिर्वाचित कार्यसमितिको पहिलो औपचारिक बोर्ड बैठक (First Executive Board Meeting) बस्यो। उक्त बैठकमा नयाँ पदाधिकारीहरूबीच आगामी कार्ययोजना, आउँदा दिनमा आयोजना गरिने चेस प्रतियोगिताहरू, सांगठनिक सुदृढीकरण तथा क्लबका गतिविधिहरूलाई थप प्रभावकारी बनाउने विषयमा गहन छलफल भई महत्वपूर्ण निर्णयहरू गरियो।