• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

अन्नपूर्णको पहिलो जित

८७ हजार ग्यास सिलिन्डर काठमाडौं भित्रिए

हिमालय मावि दाजेको जग्गा खरिदका लागि आर्थिक सहयोगको अपिल

सुनको मूल्यमा गिरावट: सुन तोलामा ३ हजार १०० र चाँदी ४० रुपैयाँले घट्यो

सरकारी गाडी सहित क्यासिनो बाट गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक पक्राउ

चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमुना संकलन

विपत्तिमा तिक्तता होइन, सहकार्य रोजौँ

३० वर्षअघिको त्यो टिमुरे स्याफ्रुबेँसी बाटो आज सम्झनामा मात्र रहयो

भोटेकोशी बाढी कहर : १,३१३ जनाको उद्धार, ३,०७१ अझै सम्पर्कविहीन

लोकप्रिय समाचार

  • १. मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

  • २. रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

  • ३. विपत्तिमा तिक्तता होइन, सहकार्य रोजौँ

  • ४. रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

  • ५. नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

  • ६. जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा

  • ७. रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

  • ८. निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

  • ९. कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

  • १०. चलचित्र “हितको माया”को विशेष प्रदर्शन सम्पन्न

३० वर्षअघिको त्यो टिमुरे स्याफ्रुबेँसी बाटो आज सम्झनामा मात्र रहयो


  •   आइतबार, भदौ २१, २०८३ मा प्रकाशित

  • करिब ३० वर्षअघि

    आजभन्दा तीन दशक अगाडि, म धुन्चेदेखि स्याफ्रुबेँसी हुँदै माथिल्लो स्याफ्रु भएर गोसाइँ कुण्डसम्मको यात्रामा निस्किएको थिएँ । त्यो यात्रा केवल एउटा ठाउँबाट अर्को ठाउँसम्म पुग्ने यात्रा थिएन; त्यो प्रकृति, मानिस, पहाड र विश्वाससँग गाँसिएको एउटा अविस्मरणीय यात्रा थियो मेरो लागि त्यतिबेला धुन्चेबाट अगाडि बढ्दै गर्दा वरिपरिका हरिया डाँडाकाँडा, शान्त बस्तीहरू, पहाडका काखमा टाँसिएका घरहरू र बाटोमा भेटिने सरल मानिसहरूको मुस्कान आज मेरो मनसपटलमा घुमिरहेकोछ ।जुन बेला म अविवाहित र भर्खरको जवान अवस्थामा थिए । स्याफ्रुबेँसी पुग्दा भोटेकोशीको कलकल आवाजले यात्राको थकान बिर्साइदिएको थियो । नदी आफ्नै गतिमा बगिरहेको हुन्थ्यो, अनि त्यसको किनारमा रहेका बस्तीहरू जीवनले भरिएका देखिन्थे।

    Advertisement

    माथिल्लो स्याफ्रुतिर उक्लिँदै जाँदा पहाडको सौन्दर्य अझ गहिरो हुँदै जान्थ्यो। बाटो कठिन थियो, तर मनमा उत्साह थियो। प्रकृतिको त्यो विशाल काखमा हिँड्दा आफू सानो र परमेश्वरको सृष्टि कति महान् रहेछ भन्ने अनुभूति हुन्थ्यो मेरो लागि हिमालको चिसो हावा, उकालो बाटो, वरिपरिका पहाड र त्यो दिव्य वातावरण आज पनि आँखामा झलझली आईरहेको छ। त्यो घोडा त्यो लहुरो तीन दशक बितिसक्दा पनि ती दृश्यहरू सम्झनाबाट मेटिएका थिएनन्। तर आज ति सबै मेरो सम्झना आज के भयो म सोच्न सक्दिन किन यस्तो भयो प्रभु संग प्रश्न गरिरहेको छु ।

    तर आज ,

    उही ठाउँलाई सम्झँदा मन भारी हुन्छ। जहाँ कुनै समय जीवनको चहलपहल थियो। त्यहाँ आज विपत्तिले ठूलो घाउ दिएको छ । जहाँ घरहरू थिए, त्यहाँ उजाडपन भयो आज । जहाँ मानिसहरूको हाँसो सुनिन्थ्यो, त्यहाँ पीडाको मौनता छ । भोटेकोशीको भेलले कति परिवारका सपना बगायो, कति घर–आँगन उजाडिए, कति मानिसले आफ्ना प्रियजन गुमाए—सम्झँदा हृदय नै थिचिएको आभास भएको छ।

    तीस वर्षअघि मैले हिँडेको बाटो आज फेरि सम्झँदा लाग्छ, समयले केवल बाटो बदलेको होइन, प्रकृतिले पनि आफ्नो एउटा कठोर रूप देखायो । टिमुरे, स्याफ्रुबेँसी र रसुवाका ती बस्तीहरू केवल नक्सामा भएका नाम होइनन्। ती मानिसका घर थिए्, सम्झना थिए, पसिना र परिश्रमले बनाएका सपनाहरू थिए । त्यहाँका प्रत्येक ढुंगामा कथा थियो, प्रत्येक बाटोमा कसैको पाइला थियो र प्रत्येक घरमा कसैको जीवन जोडिएको थियो ।

    तर पनि म विश्वास गर्छु। उजाडिएको ठाउँ फेरि हराभरा हुनेछन । ढलेका घरहरू फेरि उठ्नेछन्। टुटेका बाटाहरू फेरि जोडिनेछन ्।
    आँसुले भरिएका आँखामा फेरि मुस्कान आउनेछन । यसैलै आज टाढाबाट ती ठाउँहरूलाई सम्झँदा मनले एउटै प्रार्थना गर्छ।
    “हे परमेश्वर, रसुवाको घाउमा मलम लगाइदिनुहोस्। पीडित परिवारलाई सान्त्वना दिनुहोस्। बाढीमा हराएकाहरू खोज्नेहरूलाई शक्ति दिनुहोस्। उजाड भएका बस्तीहरू फेरि बसालिउन। ढलेका घरहरू फेरि उठ्न सकून। तीन दशकअघि मैले देखेको त्यो सुन्दर रसुवा फेरि मुस्कुराओस्।” समयले धेरै कुरा परिवर्तन गर्छ। भनिन्छ सम्झनाहरू कहिल्यै पुराना हुँदैनन्।

    तीस वर्षअघि धुन्चेबाट स्याफ्रुबेँसी हुँदै गोसाइँकुण्डसम्म हिँडेको त्यो बाटो आज पनि मेरो सम्झनामा जीवित छ।
    आज त्यो बाटो र ती बस्तीहरूको अवस्था सम्झँदा आँखामा आँसु आउँछ, तर मनको गहिराइमा एउटा आशा पनि छ—
    “रसुवा फेरि उठ्नेछ। स्याफ्रुबेँसी फेरि हाँस्नेछ। र भोटेकोशीको किनारमा फेरि जीवनको गीत गुञ्जिनेछ।”

    प्रकाश भुजेल
    पाेखरा नेपाल

    • गोसाइकुण्ड
    • रसुवा बाढी
    आइतबार, भदौ २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अन्नपूर्णको पहिलो जित
    ८७ हजार ग्यास सिलिन्डर काठमाडौं भित्रिए
    हिमालय मावि दाजेको जग्गा खरिदका लागि आर्थिक सहयोगको अपिल
    सुनको मूल्यमा गिरावट: सुन तोलामा ३ हजार १०० र चाँदी ४० रुपैयाँले घट्यो
    सरकारी गाडी सहित क्यासिनो बाट गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक पक्राउ
    चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमुना संकलन

    लोकप्रिय

    • १.
      मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

    • २.
      रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

    • ३.
      विपत्तिमा तिक्तता होइन, सहकार्य रोजौँ

    • ४.
      रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

    • ५.
      नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

    • ६.
      जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा

    भर्खरै

    • १.
      अन्नपूर्णको पहिलो जित

    • २.
      ८७ हजार ग्यास सिलिन्डर काठमाडौं भित्रिए

    • ३.
      हिमालय मावि दाजेको जग्गा खरिदका लागि आर्थिक सहयोगको अपिल

    • ४.
      सुनको मूल्यमा गिरावट: सुन तोलामा ३ हजार १०० र चाँदी ४० रुपैयाँले घट्यो

    • ५.
      सरकारी गाडी सहित क्यासिनो बाट गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक पक्राउ

    • ६.
      चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमुना संकलन

    • ७.
      विपत्तिमा तिक्तता होइन, सहकार्य रोजौँ

    • ८.
      ३० वर्षअघिको त्यो टिमुरे स्याफ्रुबेँसी बाटो आज सम्झनामा मात्र रहयो

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.