• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

अन्नपूर्णको पहिलो जित

८७ हजार ग्यास सिलिन्डर काठमाडौं भित्रिए

हिमालय मावि दाजेको जग्गा खरिदका लागि आर्थिक सहयोगको अपिल

सुनको मूल्यमा गिरावट: सुन तोलामा ३ हजार १०० र चाँदी ४० रुपैयाँले घट्यो

सरकारी गाडी सहित क्यासिनो बाट गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक पक्राउ

चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमुना संकलन

विपत्तिमा तिक्तता होइन, सहकार्य रोजौँ

३० वर्षअघिको त्यो टिमुरे स्याफ्रुबेँसी बाटो आज सम्झनामा मात्र रहयो

भोटेकोशी बाढी कहर : १,३१३ जनाको उद्धार, ३,०७१ अझै सम्पर्कविहीन

लोकप्रिय समाचार

  • १. मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

  • २. रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

  • ३. विपत्तिमा तिक्तता होइन, सहकार्य रोजौँ

  • ४. रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

  • ५. नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

  • ६. जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा

  • ७. रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

  • ८. निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

  • ९. कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

  • १०. चलचित्र “हितको माया”को विशेष प्रदर्शन सम्पन्न

विपत्तिमा तिक्तता होइन, सहकार्य रोजौँ

"संकटमा एकजुट बनौँ, नेपाललाई फेरि उठाऔँ "

  •   आइतबार, भदौ २१, २०८३ मा प्रकाशित
  • ठ्याक्कै एक वर्षअघिको कुरा हो। म केही हदसम्म फुर्सदमा थिएँ। ठ्याक्कै भन्नुपर्दा बेरोजगार जस्तै, भर्खरै सुरु गरेको अमेरिकी सरकारको (USAID) अन्तर्गतको परियोजना योजना नबन्दै ट्रम्पको सरकार आएपछि निलम्बनमा परेको थियो। त्यसैले मेरा केही दिन घरपरिवार सँग र धेरैजसो समय सामाजिक सञ्जालमै बित्थे।

    Advertisement

    त्यही समयमा अचानक सरकारले फेसबुक, युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो। त्यसले मानिसभित्र रहेको आक्रोशलाई झन् चर्कायो। त्यही आक्रोश विस्तारै ‘जेन–जी आन्दोलन’का रूपमा विस्फोट भयो। देशभर सुनामीको गतिमा फैलिएको त्यो आन्दोलनले एकै दिनमा राज्यका धेरै संरचना तहसनहस बनायो। धेरै युवाहरुले ज्यान गुमाए। सरकार ढल्यो र त्यसको प्रभाव कुनै महाविपत्ति भन्दा कम भएन।

    जेन्जी आन्दोलनको आज ठीक एक वर्षपछि, त्यही आन्दोलनबाट जन्मिएको नयाँ राजनीतिक शक्तिले देशको सरकार सञ्चालन गरिरहेको छ। नयाँ सरकार गठन भएदेखि नै केही व्यक्तिहरूबाट ‘यस्ता भयावह आपत्कालीन अवस्था हामी व्यवस्थापन गर्न सक्छौँ’ भन्ने आशयका अभिव्यक्ति पनि सुनिँदै आएका थिए। तर केही दिनअघि रसुवामा आएको भोटेकोसी बाढीले फेरि एउटा कठोर प्रश्न हाम्रो अगाडि उभ्याइदिएको छ।

    त्यो बाढी कुनै सुनामी भन्दा कम थिएन। एकैचोटि आएको बाढीले नदी किनारका बस्तीहरू चकनाचुर बनायो। ठूलो मात्रामा सम्पत्ति बगायो, परिवारहरू उजाडिए र धेरै नागरिकको जीवन नै तहसनहस भयो। हजारौँको ज्यान गुम्यो। हजारौँको अत्तोपत्तो छैन। १२ औं दिन सम्म पनि क्षतिको एकिन विवरण आउन सकिरहेको छैन।

    अब एउटा गम्भीर प्रश्न उठ्छ। , के हाम्रो राज्य संयन्त्रले यस्तो विपत्तिलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सक्यो? के समयमै उद्धार, राहत तथा आवश्यक अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्न सक्यो ? के क्षतिको सही आकलन र आवश्यक निर्णय समयमै हुन सके? अब हामीले यी प्रश्नहरूको जवाफ खोज्नुपर्छ। सरकारको मूल्याङ्कन होला, कमजोरीको समीक्षा पनि हुनेछ। तर अहिले ती सबैभन्दा पहिले मानवीयता जोगाउने समय हो। बाढीमा बेपत्ता भएकाहरु ११ औं दिन सम्म जिवित भेटिएका छन्। समयमै उद्धार कार्य तिव्र पारेको भएको अझै धेरैको ज्यान बच्न सक्थ्यो ?

    देशले यस्तो महाविपत्तिको सामना गरिरहेको बेला सामाजिक सञ्जालमा त्रास फैलाउने, अफवाह फैलाउने,गालीगलौज गर्ने,एकअर्का प्रति घृणा बढाउने र समाजलाई थप विभाजित गर्ने व्यवहार अहिले बन्द गरौँ। सामाजिक सञ्जाललाई सही सूचना प्रवाह गर्ने माध्यम र सहयोग जुटाउने प्रभावकारी प्लेटफर्म बनाऔँ। अहिले विपत्तिमा परेका नागरिकलाई हामी सबैको साथ चाहिएको छ। सरकारलाई प्रश्न गर्ने समय अवश्य आउँछ, तर अहिले सरकारलाई सहयोग गर्ने समय पनि हो। सरकारबाट कमजोरी भएको भए त्यसको जवाफदेहिता पछि खोजौँला। तर विपत्तिमा परेका नागरिकलाई अहिले नै उद्धार, राहत र सहयोग चाहिएको छ। अहिले आरोप प्रतिआरोपमा जुवारी गर्नुभन्दा नागरिकको जीवनरक्षा तर्फ लागौँ।

    नेपालले यस्ता ठूला मानवीय तथा प्राकृतिक विपत्तिहरू पटक–पटक भोग्दै आएको छ। सशस्त्र द्वन्द्व, जनआन्दोलन, कोरोना ,भूकम्प, बाढी, पहिरोदेखि रोशी, मेलम्ची र भोटेकोसी सम्मका विपत्तिका पीडा हामीले देखेका र भोगेका छौँ। तर अहिले रसुवामा देखिएको विपत्तिको स्वरूप र क्षति हामीले कल्पना गरेभन्दा बाहिरको देखिएको छ। त्यसैले अहिले हाम्रो पहिलो जिम्मेवारी एउटै हो—जहाँ छौँ, सुरक्षित रहौँ। एकअर्कालाई सहयोग गरौँ। अफवाह होइन, सही सूचना फैलाऔँ। सामाजिक सञ्जालको सदुपयोग गरौँ। विपत्तिमा परेका नेपालीका लागि हातेमालो गरौँ। अब जे भयो, भइसकेको छ। यो महाविपत्तिमा तिक्तता होइन, सहकार्य रोजौँ। सहकार्य र सम्वनय बाटै फेरी हामी उठ्नेछौँ। हामी फेरि जाग्नेछौँ। र यो देशलाई फेरि सुरक्षित, सुन्दर र घुम्नलायक नेपाल बनाउनेछौँ।

    • चंख बिष्ट
    • रसुवाबाढी
    • विपद व्यस्थापन
    आइतबार, भदौ २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अन्नपूर्णको पहिलो जित
    ८७ हजार ग्यास सिलिन्डर काठमाडौं भित्रिए
    हिमालय मावि दाजेको जग्गा खरिदका लागि आर्थिक सहयोगको अपिल
    सुनको मूल्यमा गिरावट: सुन तोलामा ३ हजार १०० र चाँदी ४० रुपैयाँले घट्यो
    सरकारी गाडी सहित क्यासिनो बाट गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक पक्राउ
    चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमुना संकलन

    लोकप्रिय

    • १.
      मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

    • २.
      रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

    • ३.
      विपत्तिमा तिक्तता होइन, सहकार्य रोजौँ

    • ४.
      रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

    • ५.
      नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

    • ६.
      जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा

    भर्खरै

    • १.
      अन्नपूर्णको पहिलो जित

    • २.
      ८७ हजार ग्यास सिलिन्डर काठमाडौं भित्रिए

    • ३.
      हिमालय मावि दाजेको जग्गा खरिदका लागि आर्थिक सहयोगको अपिल

    • ४.
      सुनको मूल्यमा गिरावट: सुन तोलामा ३ हजार १०० र चाँदी ४० रुपैयाँले घट्यो

    • ५.
      सरकारी गाडी सहित क्यासिनो बाट गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक पक्राउ

    • ६.
      चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमुना संकलन

    • ७.
      विपत्तिमा तिक्तता होइन, सहकार्य रोजौँ

    • ८.
      ३० वर्षअघिको त्यो टिमुरे स्याफ्रुबेँसी बाटो आज सम्झनामा मात्र रहयो

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.