सगरमाथा स्म्यासर्सलाई एक्सट्रिम इनर्जी ड्रिंक्स नेपाल भलिबल लिग (एनभिएल) मा लगातार दोस्रो खेल जितेको छ।
आजको दोस्रो खेलमा सगरमाथाले खप्तड फाल्कन्सलाई ३-० को सोझो सेटमा पराजित गर्यो । सगरमाथाले पहिलो र दोस्रो सेट समान २५-१८ र तेस्रो सेट सगरमाथाले २५-१९ ले विजयी भएको थियो। खप्तडको यो पहिलो खेल हो ।
सगरमाथाका आइमल खान ‘म्यान अफ द म्याच’ चुनिए । आइमल लगातार दोश्रोपटक ‘म्यान अफ द म्याच’ बनेका हुन् । पहिलो खेलमा सगरमाथाले मधेश वारियर्सलाई ३-१ ले हराउँदै लगाउदै विजयी सुरुआत गरेको थियो ।