• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, भदौ १६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

आज यी ठाउँमा हुँदै छ भारी वर्षा

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने

लोकप्रिय समाचार

  • १. चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

  • २. रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

  • ३. रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

  • ४. पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

  • ५. यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

  • ६. चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

  • ७. शवको तस्बिर हेरेर पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान

  • ८. रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

  • ९. नेपाललाई चीनको सहायता : राजदूत झाङ माओमिङ आफैले गरे आपतकालीन राहत सामग्री हस्तान्तरण

  • १०. रसुवा बाढीपछि १२ रुकुमेली सम्पर्कविहीन, सांसद शर्मा भन्छन् ‘खोजी र उद्धारमा जुटेका छौं’

यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

"भोटेकोसीमा आएको यो बाढीलाई म केवल बाढी मात्र भनेर स्वीकार गर्न सकिरहेको छैन "

  •   आइतबार, भदौ १४, २०८३ मा प्रकाशित
  • रसुवामा विपत्ति आएको १०० घण्टा पुग्न लागिसक्यो। बगेका लासहरू गल्न थालिएका छन्। बेपत्ता भनिएकाहरू फर्किने आशा बिस्तारै मर्दै गएको छ। घरभित्र सुरक्षित बसेकाहरू पनि बाहिरको त्रास, आफन्तको खोजी र निरन्तर आइरहेका दुःखद खबरले भित्रभित्रै मरिरहेका छन्। पूरै देश एउटा कहालीलाग्दो शोकबाट गुज्रिरहेको छ।

    Advertisement

    यतिबेला म अनेक कुरा सोचिरहेको छु। जसका हात रित्तिएका छन्, जसका कोख रित्तिएका छन्, जसका घर रित्तिएका छन्, जसले आफन्त गुमाएका छन्, जसको आँखामा निद्रा होइन, केवल प्रतीक्षा छ तीमध्ये धेरै नेपाली नै छन्। त्यसैले यो पीडा हाम्रा लागि एउटा समाचार मात्र होइन। यो हाम्रो आफ्नै पीडा हो। कहिलेकाहीँ लाग्छ, कुनै युद्ध चलिरहेको छ। कुनै एटम बम खसेजस्तो। फरक यति हो यहाँ बमको आवाज सुनिएन। कुनै देशले युद्ध घोषणा गरेन। कुनै सीमामा सेना आएन।
    तर मानिस मरे।
    घर बगे।
    बस्ती उजाडिए।
    कतिका भबिस्य बगे ।
    कतिका जिवनभर गरेका मेहनत बगे।
    परिवार टुटे।
    र एउटा देश फेरि प्रकृतिसँग आफ्नो अस्तित्वको लडाइँ लड्न बाध्य भयो।
    तर के यो केवल प्रकृतिको प्रहार हो? मेरो मन अझै यसलाई त्यसरी स्वीकार गर्न तयार छैन। म यसलाई लामो समयदेखि चलिरहेको एउटा अदृश्य युद्धको परिणाम जस्तो देख्छु। विकासको नाममा प्रकृतिमाथि गरिएको निर्मम हस्तक्षेपको परिणाम जस्तो लाग्दैछ ।

    मानव सभ्यताले विकास गर्‍यो। उद्योग बढायो। शहर फैलायो। ऊर्जा खपत बढायो। पृथ्वीबाट स्रोत निकाल्यो। जंगल फाँड्यो। नदीको बहाव बदल्यो । हिमालसम्म विकासका नाममा आफ्नो पाइला पुर्‍यायो। विश्वका केही देशहरू समृद्ध हुँदै गए।तर त्यस विकासको धुवाँ आकाशमा मात्र हराएन। त्यसले पृथ्वीको तापक्रम बढायो। हिमाल तात्यो। हिमनदीहरू पग्लिन थाले। हिमतालहरू जोखिमपूर्ण बन्दै गए। मौसमको स्वभाव बदलियो। वर्षा अनिश्चित र चरम बन्दै गयो। र यसको मूल्य नेपालजस्ता देशहरूले चुकाइरहेका छन्।

    यो नै जलवायु अन्याय हो। नेपालको कार्बन उत्सर्जन विश्वको तुलनामा 0.027% छ। तर जलवायु परिवर्तनको असरबाट सबैभन्दा संवेदनशील देशहरूमध्ये नेपाल पर्छ। हामीले विश्वलाई त्यति प्रदूषित बनाएनौँ, तर प्रदूषणको मूल्य भने हाम्रो हिमाल, हाम्रो नदी, हाम्रो गाउँ र हाम्रा नागरिकले चुकाइरहेका छन्। त्यसैले यहाँ प्रश्न उठ्छ,

    प्रकृतिको अत्यधिक दोहन गरेर समृद्ध बनेको विश्वले त्यसको मूल्य चुकाउने कि प्रकृतिसँगै बाँचिरहेको नेपालले? यदि विकासको लाभ विश्वव्यापी भयो भने, त्यस विकासबाट सिर्जित क्षतिको जिम्मेवारी पनि विश्वव्यापी हुनुपर्छ। यदि जलवायु संकट सबैको साझा संकट हो भने यसको भार पनि समान रूपमा बाँडिनुपर्छ।

    नेपाललाई बाढी आएपछि केही राहतका सामग्री पठाएर, केही सहानुभूतिका शब्द लेखेर र केही सामाजिक सञ्जालका पोस्ट गरेर मात्र विपत ब्यबस्थापनको जिम्मेवारी पूरा हुँदैन। हामीलाई न्याय चाहिन्छ। हामीलाई जलवायु वित्त चाहिन्छ। हामीलाई प्रविधि चाहिन्छ।
    हामीलाई अनुकूलनका लागि सहयोग चाहिन्छ। हामीलाई विपद् जोखिम न्यूनीकरणका लागि दीर्घकालीन लगानी चाहिन्छ। र आवश्यक परे, जलवायुजन्य क्षतिको क्षतिपूर्ति र उत्तरदायित्वको स्पष्ट अन्तर्राष्ट्रिय व्यवस्था चाहिन्छ। किनकि यो प्रश्न केवल आज बगेको एउटा पुलको होइन। बगेको एउटा गाउँको होइन। यो प्रश्न भोलि बग्न सक्ने अर्को बस्तीको हो। यो प्रश्न आज हराएको एउटा परिवारको मात्र होइन। यो प्रश्न भविष्यमा जन्मिने पुस्ताले कस्तो पृथ्वी पाउने भन्ने हो। तर यहाँ हाम्रो आफ्नै जिम्मेवारी पनि छ। हामीले नागरिक जिम्मेवारी पनि पूरा गर्नुपर्छ।

    जलवायु परिवर्तनको नाममा सबै दोष विकसित राष्ट्रमाथि थोपारेर हामी उम्किन सक्दैनौँ। हाम्रो अनियोजित सडक निर्माण, नदी तथा खोला अतिक्रमण, वन विनाश, अव्यवस्थित बस्ती विकास, वातावरणीय प्रभावलाई बेवास्ता गर्ने पूर्वाधार र प्राकृतिक स्रोतको अन्धाधुन्ध दोहनले जोखिमलाई अझ बढाइरहेको छ। त्यती मात्रै होइन प्रकृतिले दिएको चेतावनीलाई हामीले विकासको नाममा पटक–पटक बेवास्ता गरेका छौँ। अब विकासको परिभाषा बदल्नुपर्छ प्रकृति मासेर बनाइएको सडक विकास होइन। त्यो भौतिक तथा मानविय क्षतीको पूर्व सूचक हो।

    नदी थुनेर बनाइएको संरचना मात्र समृद्धि आउने होइन । जंगल सखाप पारेर बनेको शहर भविष्य होइन। हामीलाई यस्तो विकास चाहिन्छ, की जसले प्रकृतिसँग प्रतिस्पर्धा होइन, सहअस्तित्व खोजोस्। र विश्वले पनि आफ्नो विकासको इतिहासलाई फेरि हेर्नुपर्छ।
    आज नेपालको हिमाल पग्लिँदा, नेपालको नदी उर्लिँदा र नेपालीको घर बग्दा विश्वले केवल नेपालको दुःख नदेखोस्। आफ्नो विकासको इतिहासको एउटा ऐना पनि देखोस्। किनकि आज नेपालमा बगेको नदीको पानीमा केवल माटो र ढुंगा छैन। त्यसमा हाम्रो आँसु छ।
    हाम्रो प्रश्न छ। हाम्रो आक्रोश छ।

    र एउटा ठूलो माग छ: जलवायु न्याय ।

    अब नेपालले दया हैन न्याय माग्नै पर्छ मलाई थाहा छैन। यो पीडाले कति परिवारलाई फेरि सामान्य जीवनमा फर्कन कति समय लाग्नेछ। मलाई यो पनि थाहा छैन, आज बेपत्ता भएका कति मानिस कहिल्यै फर्कने छन या छैनन्। आज बगेका घरहरू, उजाडिएका बस्तीहरू र गुमेका जीवनहरूलाई केवल ‘प्राकृतिक विपत्ति’ भनेर फाइल बन्द गरियो भने हामीले एउटा ठूलो सत्यबाट आँखा चिम्लिएका हुनेछौँ।

    किनकि कहिलेकाहीँ प्रकृतिको प्रहार प्राकृतिक मात्र हुँदैन। त्यसको पछाडि मानवको लोभ हुन्छ।विकासको असमानता हुन्छ।
    प्रकृतिमाथिको अत्याचार हुन्छ। र विश्वव्यापी जिम्मेवारीबाट पन्छिने प्रवृत्ति हुन्छ। त्यसैले आज नेपालबाट एउटा आवाज उठ्नुपर्छ,
    यो केवल नेपालको विपत्ति होइन। यो विश्वको जलवायु संकटको मूल्य हो। र यदि विश्वले विकासको लाभ बाँडेको छ भने,
    विनाशको मूल्य पनि बाँड्नैपर्छ।

    नेपाललाई दया होईन न्याय चाहिन्छ। म एक नागरिकको तर्फबाट यत्तिको सचेतता राख्न सक्दछु । मृत आत्मको चिर शान्तिको कामना गर्दै घाइते तथा सम्पर्क विहिन भएकाहरुको खोजी कार्य ढिला सुस्ति भएकोले सास होस या लास छिटो भन्दा छिटो राज्यले उद्धार र खोज गरोस्।

    • रसुवा बाढी
    आइतबार, भदौ १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?
    नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला
    कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै
    रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता
    सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?
    रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

    लोकप्रिय

    • १.
      चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

    • २.
      रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

    • ३.
      रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    • ४.
      पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

    • ५.
      यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

    • ६.
      चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

    भर्खरै

    • १.
      निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

    • २.
      नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

    • ३.
      कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

    • ४.
      रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

    • ५.
      सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

    • ६.
      रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

    • ७.
      पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

    • ८.
      आज यी ठाउँमा हुँदै छ भारी वर्षा

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.