रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटकी ३२ वर्षीया मन्दया कामीलाई प्रसूतिका क्रममा जटिलता देखिएपछि हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको छ।
त्यो गाउँका हिमाल कामीकी श्रीमती मन्दयाले मैकोट स्वास्थ्यचौकीमा प्रसूति गराउने क्रममा मृत बच्चा जन्मिएपछि सालनाल अड्किएर मन्दयाको अवस्था जटिल बनेपछि सरकारले उद्धार गरेको हो।
गाउँपालिकाको सिफारिसका आधारमा सम्बन्धित निकायको समन्वयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई अनुरोध गरिएको थियो।
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट मन्दयालाई निःशुल्क उद्धार गरी कर्णाली प्रदेश अस्पताल, वीरेन्द्रनगर सुर्खेत लगिएको मन्त्रालयले जनाएको छ।