दुई दिनमा तोलामा १२ हजार ६ सय बढेको सुनको भाउ आज पनि बढेको छ। चाँदीको भाउ भने आज घटेको छ।
तोलामा २ हजार ८ सय रुपैयाँ बढेर सुनको भाउ आज ३ लाख १९ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि गएको शुक्रबार सुनको भाउ तोलामा ९ हजार ३ सय र शुक्रबार ३ हजार ३ सय रुपैयाँ बढेको थियो।
शुक्रबार सुनको मूल्य तोलाको ३ लाख १६ हजार ७ सय कायम भएको थियो। आजसहित तीन कारोबार दिनमा सुनको भाउ १५ हजार ४ सय रुपैयाँ बढिसकेको छ।