काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला रु.१ हजार २०० ले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु. ३ लाख ६ हजार ७०० मा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला रु.३ लाख ७ हजार ९०० मा कारोबार भएको थियो ।