चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी (टिमुरे) भन्सारबाट आर्थिक वर्ष २०८२/८३ मा विद्युतीय सवारीसाधन (ईभी) को आयात उल्लेख्य रूपमा बढेको छ । नेपाली बजारमा विद्युतीय सवारीको माग निरन्तर वृद्धि भएसँगै यस नाकाबाट हुने आयात र त्यसबापत संकलन हुने राजस्वमा समेत उल्लेखनीय वृद्धि भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा रसुवागढी नाकाबाट करिब ६ हजार ५०० भन्दा बढी साना तथा ठूला विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन् । आयात भएका सवारीमा विद्युतीय कार, जिप, भ्यान तथा मिनीबस प्रमुख रहेका छन् । चीनका विभिन्न सहरबाट केरुङ हुँदै यी सवारी नेपाल ल्याइएको हो ।
विद्युतीय सवारीको आयात बढेसँगै रसुवा भन्सार कार्यालयको राजस्व संकलनमा पनि ऐतिहासिक वृद्धि भएको छ । चालु आर्थिक वर्षमा विद्युतीय सवारीसाधनको जाँचपास तथा भन्सार महसुलबापत मात्रै १५ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन भएको कार्यालयले जनाएको छ । कुल राजस्व संकलनमध्ये ६० प्रतिशतभन्दा बढी हिस्सा विद्युतीय सवारीबाट प्राप्त भएको बताइएको छ ।
भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा रसुवागढी नाकाबाट करिब ६ हजार ५०० भन्दा बढी साना तथा ठूला विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन् । आयात भएका सवारीमा विद्युतीय कार, जिप, भ्यान तथा मिनीबस प्रमुख रहेका छन् । चीनका विभिन्न सहरबाट केरुङ हुँदै यी सवारी नेपाल ल्याइएको हो ।
सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत विद्युतीय सवारीमा लाग्ने करका दरमा केही परिमार्जन गरे पनि चिनियाँ ब्रान्डका ईभीप्रतिको आकर्षणका कारण आयातमा कुनै उल्लेख्य कमी आएन । नेपाली बजारमा बीवाईडी, डिपल, जीडब्लूएमलगायतका चिनियाँ विद्युतीय सवारीको माग तीव्र रूपमा बढिरहेको छ ।