• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, साउन १९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

बसको ठक्करबाट सुनकोशीमा कार खस्यो, चार जना बेपत्ता

अबको ३ दिन ठूलो वर्षा हुने सतर्क रहन आग्रह

रुकुम पश्चिममा जीपको ठक्कर बाट दुई जना घाइते , चालक फरार

चुनावी हारको नैतिक जिम्मेवारी लिँदै रवि केसीले दिए पदबाट राजीनामा

विभागको बुलेटिन : आज यी स्थानमा भारी वर्षाको पूर्वानुमान

आज बिहानै गयो भुकम्प

राडीज्युला शिक्षा क्याम्पसको सञ्चालक समिति अध्यक्षमा हरिभक्त निर्वाचित

जिप्रका रुकुम पश्चिमको वार्षिक उपलब्धिः २२३ अपराध दर्ता, १३३ फरार प्रतिवादी पक्राउ

लोकप्रिय समाचार

  • १. चुनावी हारको नैतिक जिम्मेवारी लिँदै रवि केसीले दिए पदबाट राजीनामा

  • २. क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

  • ३. रुकुम पश्चिममा जीपको ठक्कर बाट दुई जना घाइते , चालक फरार

  • ४. रुकुम पश्चिममा हवाई फायर गरि ३ किलो अफिम सहित दुई जना पक्राउ

  • ५. विभागको बुलेटिन : आज यी स्थानमा भारी वर्षाको पूर्वानुमान

  • ६. राडीज्युला शिक्षा क्याम्पसको सञ्चालक समिति अध्यक्षमा हरिभक्त निर्वाचित

  • ७. अबको ३ दिन ठूलो वर्षा हुने सतर्क रहन आग्रह

  • ८. बसको ठक्करबाट सुनकोशीमा कार खस्यो, चार जना बेपत्ता

  • ९. आज बिहानै गयो भुकम्प

  • १०. जिप्रका रुकुम पश्चिमको वार्षिक उपलब्धिः २२३ अपराध दर्ता, १३३ फरार प्रतिवादी पक्राउ

‘हिट एक्सन डे २०२६’ काठमाडौंमा सम्पन्न


  •   बुधबार, जेठ २०, २०८३ मा प्रकाशित
  • काठमाडौं । अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा सामाजिक जीवनमा बढ्दो असरबारे जनचेतना फैलाउने उद्देश्यले ‘हिट एक्सन डे २०२६’ काठमाडौंमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी (NRCS), अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासंघ (IFRC) तथा यसका सदस्य संस्थाहरूको संयुक्त आयोजनामा द सोल्टी होटलमा कार्यक्रम आयोजना गरिएको हो ।

    Advertisement

    यस वर्षको हिट एक्सन डे इनडोर हिट विषयमा केन्द्रित रहेको थियो । कार्यक्रमले घर, विद्यालय, कार्यस्थल तथा अन्य बन्द संरचनाभित्र बढ्दो तापक्रमका कारण उत्पन्न हुन सक्ने स्वास्थ्य जोखिमबारे सचेतना अभिवृद्धि गर्नुका साथै गर्मीबाट जोगिने उपायबारे जानकारी प्रवाह गरेको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासंघ (आइएफआरसी)का प्रतिनिधि प्रमुख डेभिड फिसरले भने, ‘हामीले गरेको अध्ययनअनुसार सन् २०२४ जुनदेखि २०२५ जुनसम्म करिब ४ अर्ब मानिसहरूले जलवायु परिवर्तनका कारण पहिलेको तुलनामा कम्तीमा एक महिना बढी अत्यधिक गर्मीको सामना गर्नुपरेको छ । गर्मीजन्य मृत्युका तथ्यांकहरू अनुमान मात्र हुन्, किनभने यस्ता मृत्यु सजिलै ट्र्याक गर्न सकिँदैन ।’

    उनले थपे, ‘गर्मीले विशेषगरी श्वासप्रश्वास रोगी, मुटु तथा मिर्गौला रोगी, गर्भवती महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई बढी असर गर्छ र हिट स्ट्रोक तथा डिहाइड्रेसन जस्ता स्वास्थ्य समस्या निम्त्याउँछ ।’

    जल तथा मौसम विज्ञान विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठले जलस्रोत, कृषि, ऊर्जा तथा अन्य विकास गतिविधिका लागि जल तथा मौसमसम्बन्धी तथ्यांक र सूचनाको महत्वपूर्ण भूमिका रहेको बताइन् ।

    ‘विपद् व्यवस्थापन अधिकारी तथा सम्बन्धित समुदायलाई पूर्वसूचना सेवा उपलब्ध गराएर मौसम, बाढी तथा खडेरीजन्य प्रकोप न्यूनीकरणमा विभागले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ,’ उनले भनिन् ।

    उनले समुद्रको सतहको तापक्रममा आएको परिवर्तन तथा विकसित हुँदै गरेको एल निनोको प्रभावका कारण नेपाललगायत एसियाली देशमा यस वर्षको मनसुनी अवधिमा तापक्रम औसतभन्दा बढी रहने प्रक्षेपण गरिएको जानकारी दिइन् । तातो लहरका कारण लूलगायत स्वास्थ्यसम्बन्धी समस्या बढ्न सक्ने भएकाले अनुकूलनका उपाय अवलम्बन गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो ।

    त्यसैगरी, विपद् व्यवस्थापन महाशाखा प्रमुख सुरेश पन्थीले जलवायु परिवर्तनका कारण अत्यधिक गर्मीको जोखिम बढ्दै गएकाले पूर्वतयारी, जनचेतना र समन्वित कार्यलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए । उनले सरकारी निकाय, मानवीय संस्था, सञ्चारमाध्यम तथा समुदायबीचको सहकार्यले मात्र यस्ता जोखिमहरूको प्रभावकारी व्यवस्थापन सम्भव हुने बताए ।

    नेपाल रेडक्रस सोसाइटीका महामन्त्री मीनबहादुर मल्लले जलवायु परिवर्तनका कारण बढ्दो गर्मीको प्रभाव न्यूनीकरण गर्न विश्वभर ‘हिट एक्सन डे’ अर्थात् गर्मीसम्बन्धी सचेतना दिवस मनाइँदै आएको बताए ।

    उनका अनुसार अत्यधिक गर्मी तथा तातो हावाले निम्त्याउने लूको जोखिम कम गर्न र सुरक्षित रहने उपायबारे जनचेतना फैलाउने अभियानलाई ‘हिट एक्सन’का रूपमा लिइएको छ । रेडक्रसले तातो हावाबाट प्रभावित क्षेत्रमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए ।

    कार्यक्रममा गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जल तथा मौसम विज्ञान विभाग, विकास साझेदार संस्था, कूटनीतिक नियोग, गैरसरकारी संस्था, निजी क्षेत्र, शैक्षिक संस्था तथा सञ्चारमाध्यमका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रम अन्तर्गत हिट प्याभिलियन मार्फत गर्मीसम्बन्धी सूचना सामग्री, नवप्रवर्तन, फोटो तथा भिडियो प्रदर्शनी गरिएको थियो भने आर्ट कर्नरमा सहभागीहरूले गर्मीसम्बन्धी सन्देश झल्किने कलाकृतिहरू प्रदर्शन गरेका थिए ।

    आयोजकहरूले अत्यधिक गर्मीका कारण बढ्दै गएको जोखिम न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि, सामुदायिक तयारी, प्रारम्भिक कार्ययोजना तथा बहुपक्षीय सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । उनीहरूका अनुसार गर्मीजन्य रोग तथा मृत्यु न्यूनीकरण गर्दै सुरक्षित र उत्थानशील समुदाय निर्माण गर्नु नै हिट एक्सन डे अभियानको प्रमुख लक्ष्य हो ।

    विश्वभर पाँचौं संस्करणको ‘हिट एक्सन डे–२०२६’ मनाइएको छ । अत्यधिक गर्मीको जोखिमबारे जनचेतना फैलाउने तथा गर्मीबाट सुरक्षित रहने उपायहरूबारे जानकारी साझा गर्ने उद्देश्यले यो दिवस मनाइन्छ ।

    ‘हिट एक्सन डे’ पहिलोपटक सन् २०२२ मा सुरु गरिएको थियो । त्यसयता रेडक्रस तथा रेड क्रिसेन्टका राष्ट्रिय संस्थाहरू, स्थानीय सरकार, समुदाय तथा साझेदार संस्थाहरूको सहभागितामा विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

    यस वर्ष एल निनोको प्रभावका कारण नेपाललगायत एशियाली देशहरूमा मनसुनी अवधिमा औसतभन्दा बढी तापक्रम रहने प्रक्षेपण गरिएको हुँदा बढ्दो तापक्रमका कारण विद्यार्थी, किसान, मजदुर, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरू बढी प्रभावित हुन सक्ने जलवायुविज्ञहरूले चेतावनी दिएका छन् ।

    उनीहरूले अत्यधिक गर्मीबाट बच्न पर्याप्त पानी पिउने, दिउँसोको चर्को घाममा अनावश्यक रूपमा बाहिर ननिस्कने, छायाँयुक्त स्थानमा बस्ने तथा पर्याप्त विश्राम गर्ने जस्ता सावधानी अपनाउन आग्रह गरेका छन् ।

    बुधबार, जेठ २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा
    बसको ठक्करबाट सुनकोशीमा कार खस्यो, चार जना बेपत्ता
    अबको ३ दिन ठूलो वर्षा हुने सतर्क रहन आग्रह
    रुकुम पश्चिममा जीपको ठक्कर बाट दुई जना घाइते , चालक फरार
    चुनावी हारको नैतिक जिम्मेवारी लिँदै रवि केसीले दिए पदबाट राजीनामा
    विभागको बुलेटिन : आज यी स्थानमा भारी वर्षाको पूर्वानुमान

    लोकप्रिय

    • १.
      चुनावी हारको नैतिक जिम्मेवारी लिँदै रवि केसीले दिए पदबाट राजीनामा

    • २.
      क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

    • ३.
      रुकुम पश्चिममा जीपको ठक्कर बाट दुई जना घाइते , चालक फरार

    • ४.
      रुकुम पश्चिममा हवाई फायर गरि ३ किलो अफिम सहित दुई जना पक्राउ

    • ५.
      विभागको बुलेटिन : आज यी स्थानमा भारी वर्षाको पूर्वानुमान

    • ६.
      राडीज्युला शिक्षा क्याम्पसको सञ्चालक समिति अध्यक्षमा हरिभक्त निर्वाचित

    भर्खरै

    • १.
      क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

    • २.
      बसको ठक्करबाट सुनकोशीमा कार खस्यो, चार जना बेपत्ता

    • ३.
      अबको ३ दिन ठूलो वर्षा हुने सतर्क रहन आग्रह

    • ४.
      रुकुम पश्चिममा जीपको ठक्कर बाट दुई जना घाइते , चालक फरार

    • ५.
      चुनावी हारको नैतिक जिम्मेवारी लिँदै रवि केसीले दिए पदबाट राजीनामा

    • ६.
      विभागको बुलेटिन : आज यी स्थानमा भारी वर्षाको पूर्वानुमान

    • ७.
      आज बिहानै गयो भुकम्प

    • ८.
      राडीज्युला शिक्षा क्याम्पसको सञ्चालक समिति अध्यक्षमा हरिभक्त निर्वाचित

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.