जया मल्टिपल क्याम्पस काठमाडौले एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दे जेएमसी छैठौ एसईई बास्केटबल प्रतियोगिता २०८३ आयोजना गरेको छ ।
प्रतियोगिता मार्फत विद्यार्थीहरुको खेल कौशल प्रदर्शन गर्ने अवसरका रुपमा यस कार्यक्रमलार्य लिइएको जनाईएको छ ।
यस प्रतियोगिताको अन्र्तगत विद्यार्थीहरुले प्लस टु का विशेष छात्रवृति प्राप्त गर्ने मौका पाउने क्याम्पस प्रमुख भवानी प्रसाद पौडेलले जानकारी दिनुभयो ।

विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका साथै खेल भावना देखाउन र नयाँ साथीहरुसंग नेटवर्क बनाउन सहयोग पुग्ने प्रमुख पौडलको भनाई छ । भर्ना तथा छात्रवृति प्रतियोगितामा सहभागि हुने विद्यार्थीहरुले क्याम्पसमा ११ कक्षा विज्ञान , व्यवस्थापन , मानविकी र काुनु भर्ना हुदा विशेष छात्रवृतिको अवसर रहेो क्याम्पसले जनाएको छ ।