काठमाडौँ। सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि उठेका प्रश्नमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने भएका छन् ।
आज ११ बजेदेखि बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहे पनि उनको स्थानमा सरकारको तर्फबाट अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले जवाफ दिने भएका हुन् ।
यसअघि प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रीपरिषद बैठक बोलाएर बैठक जुधाए पछि सम्भावित कार्यसूची संसद सचिवालयले जारी गरेको थियो । तर, प्रधानमन्त्री शाहले जवाफ नदिने भएपछि अर्थमन्त्री वाग्लेले दिने भएका हुन् ।