गत मंगलबार पोखरा स्थित पृथ्वीचोकमा पुस्तक बिक्री गरिरहेका पूर्व मन्त्री तथा भर्खर सम्पन्न निर्वाचन बाट नव निर्वाचित सांसद डा. महावीर पुनलाई अपशब्द बोल्दै अभद्र व्यवहार गर्ने व्यक्तिलाई कास्की जिल्ला प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
विभिन्न सामाजिक सञ्जालमा पुनलाई अभद्र व्यवहार गरेको घटना सार्वजनिक भएपछि कास्की जिल्ला प्रहरीले सूक्ष्म अनुसन्धान गरि खोजतलास गर्दै जाँदा उक्त घटनामा संलग्न पोखरा महानगरपालिका १३ बाँझपाटन बस्ने ४३ वर्षीय विकास गुरुङलाई पोखरा महानगरपालिका ९ महेन्द्रपुल बाट आज बिहिवार पक्राउ गरेको हो ।
पक्राउ गरि थप अनुसन्धान गर्न प्रक्रिया अगाडि बढाउदा यस भन्दा अगाडि पनि पटकपटक गरि तीन पटकपटक लागू औषध मुद्दामा गुरुङले सजाय पाएको प्रहरी अभिलेख बाट खुल्न आएको प्रहरी प्रशासनले बताएको छ ।