चुनावी प्रचारप्रसारका निम्ति ११ राजनीतिक दलले मात्र छुट्टै बैंक खाता खोल्न निर्वाचन आयोगबाट सिफारिस लिएका छन् । ११ दलले मात्र यस्तो सिफारिस लिएका आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।
Advertisement
आयोगले चुनावी प्रचारका निम्ति दल र उमेदवारलाई छुट्टै बैंक खाता खोल्न भनेको थियो । आयोगको निर्देशनबमोजिम हालसम्म नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त), राष्ट्रिय जनमोर्चा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टीले आयोगबाट सिफारिस लिएका छन् ।
यस्तै, जनता समाजवादी पार्टी, संयक्त नागरिक पार्टी, मितेरी पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमुक्ति पार्टीले पनि छुट्टै बैंक खाता खोल्न आयोगबाट सिफारिस लिएका छन् ।