रुकुम पश्चिम । रुकुम पश्चिममा विभिन्न पार्टी परित्याग गरेर नेपाली कम्युनिस्ट पार्टी नेकपामा प्रवेश गर्नेहरुको लहर बढेको छ । नेकपाका उम्मेदवार गोपाल शर्मा सहित जिल्लाको आठबिसकोट नगरपालिका-११ अन्तर्गत बुढाडेराको सिङ्गो टोल नै नेकपामा प्रवेश गरेको छ ।
गणेश बुढाको नेतृत्वमा रहेको ३७ जनाको टोलीले आज नेपाली काँग्रेस परित्याग गरेर नेकपामा प्रवेश गरेका हुन् । लामो समय देखि नेपाली काँग्रेसमा आवद्ध रहेका कारण उक्त टोललाई काँग्रेस टोलका रुपमा चिनिदै आएको थियो ।
नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि गणेश बुढा भन्छन् , जनताको हित र विकासको लागि नेकपा नै भएकोले हामीले नेकपा चुनेका हौँ । लामो समय देखि नेपाली काँग्रेसमा आवद्ध हुँदा गाउँको विकास नभएपछि आफुहरुले विकास प्रेमी पार्टी नेकपा रोजेको उनले बताए । त्यस्तै आज आठबिसकोट ९ र ११ को संयुक्त जनभेटघाट कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर १५० जना बढीले नेकपा प्रवेश गरेका छन् ।
अन्य पार्टी प्रती घट्दो जनविश्वासका कारण पछिल्लो समय नेकपा प्रती प्रवेश गर्नेहरुको आकर्षण बढ्दै गएको बताईन्छ ।