• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, जेठ १९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज पनि बढ्यो सुनको मूल्य , हाल सम्मकै उच्च विन्दुमा पुग्यो

आज पनि प्रतिनिधिसभा बैठक बस्दै संसदमा अर्थमन्त्रीले प्रस्ताव पेश गर्ने

प्रधानमन्त्रीको अभिव्यक्तिपछि नेपाल पस्यो भारतीय एसएसबी,सुस्तामा निर्माणाधीन तटबन्धको काम रोकियो

मेयर हुँदा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने, प्रधानमन्त्री भएपछि नेपालले भारतको जग्गा मिचेको छ भन्ने?’

कस्तो रहला आजको मौसम?

सिमा बारे बालेनको अभिव्यक्ति अराजक,अनैतिक र गैरजिम्मेवार – सांसद शर्मा

भरतपुरमा राष्ट्रिय चिकित्सा सम्मेलन सुरु, स्वास्थ्य क्षेत्र सुधारमा मुख्यमन्त्री बानियाँको जोड

हनी ट्र्याप : थाइल्यान्डबाट पक्राउ परिन् टिकटकर तुलसा

आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

लोकप्रिय समाचार

  • १. रास्वपा आठबिसकोट सभापतिमा नवराज मल्लको चर्चा

  • २. साविकाले आयोजना गरेको जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा आठबिसकोट पिस जोनका बिष्ट दोस्रो

  • ३. सिमा बारे बालेनको अभिव्यक्ति अराजक,अनैतिक र गैरजिम्मेवार – सांसद शर्मा

  • ४. योगी नरहरिनाथ आश्रममा सुविधासम्पन्न धर्मशाला बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

  • ५. आठबिसकोट महोत्सवमा भोली चर्चित गायिका रचना रिमाल आउँदै

  • ६. वर्षौं देखि सास्ती खेपेको पेदीखोलामा पुल बनेपछि जेष्ठ नागरिकले मेयर लाई भने धन्यवाद बाबु,

  • ७. गणतन्त्र दिवसमा मुख्यमन्त्री बानियाँको शुभकामना : समृद्ध नेपाल निर्माणमा एकजुट हुन आग्रह

  • ८. जीप दुर्घटना हुँदा २ जनाको मृत्युु ३ जना घाइते

  • ९. कविता : एक बिन्ती

  • १०. भरतपुरमा राष्ट्रिय चिकित्सा सम्मेलन सुरु, स्वास्थ्य क्षेत्र सुधारमा मुख्यमन्त्री बानियाँको जोड

दुई दिन लगाएर जाहेरी दर्ता आरोपीलाई अनुसन्धानको लागि हिरासतमा राखियो ।


  •   बुधबार, फागुन १३, २०८२ मा प्रकाशित
  • पोखरा महानगरपालिका वडा नम्बर २६ स्थित नमस्ते पार्टी प्यालेसमा बिबाहको भोज खान गएका सन्त बहादुर बिश्वकर्मा माथी जातीय विभेद भएको छ । निमन्त्रणा पाएर पार्टी प्यालेस पुगेका बिश्वकर्मालाई खाना खाने समयमा विभेद गरिएको हो ।

    Advertisement

    सन्त बहादुरका छिमेकी काशिराम घिमिरेको छोरा बिधान घिमिरेको प्रितीभोज खान भने निमन्त्रणा पाएपछि पार्टी प्यालेस पुगेका उनलाई स्थानीय महिला सावित्री बराल मार्फत छुट्टै खाना खाने व्यवस्था मिलाइएको जानकारी पाएपछि बिश्वकर्मा त्यहाँबाट फर्किएका थिए ।

    सावित्री बरालले भनेकी थिइन ” तिमिलाई खाना खाने छुट्टै प्लेटको व्यवस्था गरिएको छ मलाई काशिरामले अलग्गै खाना लगेर दिनु भन्नुभएको छ त्यही अनुसार म तिमिलाई खाना ल्याइदिन्छु तिमी छुट्टै बस्दै गर ” बराल खाना लिन गएपछि बिश्वकर्मा त्यहाँबाट हिडेका थिए ।

    घरमा आएपछि आफुमाथी गरेको विभेदले उनलाई निकै सतायो भित्र भित्रै अपमानित महसुस गरिरहेका सन्त बहादुर रातभर निदाउन नसकेको बताउछन् । भोलिपल्ट बिहानै काशिराम घिमिरे र साबित्री बराल सहित करिब ३० जना स्थानीय आएर काशिरामले माफी समेत मागेको र अन्यले गाउँको कुरा गाउमै मिल्नुपर्ने भन्दै कानुनी प्रक्रियामा नजान दबाब दिएको उनको भनाई छ ।

    विभेदले नै गलिरहेका सन्तबहादुर माथी यो दबादले झन मानसिक रुपमा प्रभावित बनाएको उल्लेख गर्दै आफ्ना समुदायका व्यक्तिहरुसँग जाहेरी दर्ता र विभेद विरुद्धको आवाजमा सहायता गर्न अनुरोध गरेका थिए । स्थानीय महेश गोदार (सुनार ) सहितका व्यक्तिहरुले जातीय छुवाछूतको घटना बारे जानकारी पाएपछि कानुनी न्यायमा जानुपर्ने र त्यसको लागि आफुहरुले पुर्ण साथ दिने प्रतिबद्धता गरेका थिए ।

    १० गते नै महेश गोदार सहित केहि व्यक्तिसँग सन्त बहादुर बिश्वकर्मा जाहेरी लिएर जिल्ला प्रशासन कार्यालय कास्कीमा आएका थिए भने प्रहरी प्रशासनले जाहेरी दर्ता गर्न अस्वीकार गरि दुई पक्षको नै कुरा सुन्नुपर्ने भन्दै भोलिपल्ट आउन भनेर पठाइदिएको थियो ।

    जातीय विभेद वा फौजदारी कसुरमा सूचनाकै आधारमा जाहेरी लिनुपर्ने कानुनी प्रावधान भएता पनि प्रहरी प्रशासनले भोलि आउनु भनेपछि बिश्वकर्मा त्यहाँ बाट फर्किएको उनेले बताएका छन साथै भोलिपल्ट केहि समाजसेवी अभियान्ता पत्रकार सहित उनी जाहेरी दर्ता गराउनको लागि जिल्ला प्रशासन कार्यालय कास्की पुगेका थिए ।

    ११ गतेको दिन पनि उनको जाहेरी त्यति सजिलोसँग दर्ता गर्न प्रहरी प्रशासन मन्जुरी भएन दुई पक्षको कुरा सुन्नुपर्ने दाबी गर्दै प्रहरीले पटकपटक ३० मिनेट ४५ मिनेट गर्दै जाहेरीवाला र आरोपीहरुसँग कुरा गरिरह्यो । यो समयमा सन्तबहादुरलाइ आरोपीहरुको पक्ष बाट निरन्तर दबाब र धम्की आइरहेको उनले बताउछन् । उनले आरोपीको रूपमा जाहेरी दिएको साबित्री बरालले यदि विभेदको मुद्दा  दर्ता गरेको खण्डमा आफुले पनि जबर्जस्ती करणीको मुद्दा हालिदिनेसम्मको धम्कि मिडिया सामु नै दिएकी थिइन ।

    अदृश्य रूपमा बिश्वकर्मालाई कमजोर बनाउन पटकपटक प्रहरी प्रशासन नै लागिरहेको थियो गम्भीर प्रकृतिको घटनामा जाहेरी दर्ता गर्न दुई दिन लगाएर जाहेरीवालाको मानसिक स्थिति कमजोर बनाइरहेको देखेर समाजसेवी पत्रकार लगायतका व्यक्तिहरुले जाहेरी दर्ताको लागि दबाब दिइरहेका थिए । बिश्वकर्मालाई सुरुवात देखि सहायता गरिरहेका महेश गोदारलाई पनि मुद्दा हाल्ने धम्की दिइरहेको भिडले प्रहरी प्रशासन भित्रै हातपातको प्रयास समेत गरेका थिए । महेश गोदारले पहिलो दिन जाहेरी दर्ता नभएपछि दोस्रो दिन सामाजिक सञ्जालमा भिडियो राख्दै राजनीतिक र सामाजिक शक्तिको आडमा जाहेरी दर्ता हुन नदिन ठूलो दबाब सृजना गरिएको भन्दै गोदारले आफ्नो ज्यान जोखिममा राखेरै भएपनी न्याय खोज्ने बताएका थिए भने यदि यो जातीय विभेदको मुद्दामा प्रहरीले जाहेरी दर्ता गर्न आलटाल गर्‍यो वा राजनीतिक दबाबमा दोषीलाई उन्मुक्ति दिन खोजियो भने म जिल्ला प्रहरी कार्यालय अगाडि नै अग्निदाह गर्नेछु भनेर घोषणा गरेका थिए ।

    नेपालको संविधानले वर्जित गरेको यस्तो भेदभावपूर्ण व्यबहार गर्नेहरुमाथी कानुनले कसरी कदम चाल्छ त्यो हेर्न वाकी रहेको छ । ठूलो संघर्ष पछि सन्तबहादुरको जाहेरी करिब साझ ६ बजेपछि दर्ता गरि आरोपीहरुलाई हिरासतमा लिइएको छ भने आरोपीको पक्ष बाटै बलात्कारको आरोपमा सन्तबहादुर माथी मुद्दा दायर भएको छ ।

    बुधबार, फागुन १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज पनि बढ्यो सुनको मूल्य , हाल सम्मकै उच्च विन्दुमा पुग्यो
    आज पनि प्रतिनिधिसभा बैठक बस्दै संसदमा अर्थमन्त्रीले प्रस्ताव पेश गर्ने
    प्रधानमन्त्रीको अभिव्यक्तिपछि नेपाल पस्यो भारतीय एसएसबी,सुस्तामा निर्माणाधीन तटबन्धको काम रोकियो
    मेयर हुँदा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने, प्रधानमन्त्री भएपछि नेपालले भारतको जग्गा मिचेको छ भन्ने?’
    कस्तो रहला आजको मौसम?
    सिमा बारे बालेनको अभिव्यक्ति अराजक,अनैतिक र गैरजिम्मेवार – सांसद शर्मा

    लोकप्रिय

    • १.
      रास्वपा आठबिसकोट सभापतिमा नवराज मल्लको चर्चा

    • २.
      साविकाले आयोजना गरेको जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा आठबिसकोट पिस जोनका बिष्ट दोस्रो

    • ३.
      सिमा बारे बालेनको अभिव्यक्ति अराजक,अनैतिक र गैरजिम्मेवार – सांसद शर्मा

    • ४.
      योगी नरहरिनाथ आश्रममा सुविधासम्पन्न धर्मशाला बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

    • ५.
      आठबिसकोट महोत्सवमा भोली चर्चित गायिका रचना रिमाल आउँदै

    • ६.
      वर्षौं देखि सास्ती खेपेको पेदीखोलामा पुल बनेपछि जेष्ठ नागरिकले मेयर लाई भने धन्यवाद बाबु,

    भर्खरै

    • १.
      आज पनि बढ्यो सुनको मूल्य , हाल सम्मकै उच्च विन्दुमा पुग्यो

    • २.
      आज पनि प्रतिनिधिसभा बैठक बस्दै संसदमा अर्थमन्त्रीले प्रस्ताव पेश गर्ने

    • ३.
      प्रधानमन्त्रीको अभिव्यक्तिपछि नेपाल पस्यो भारतीय एसएसबी,सुस्तामा निर्माणाधीन तटबन्धको काम रोकियो

    • ४.
      मेयर हुँदा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने, प्रधानमन्त्री भएपछि नेपालले भारतको जग्गा मिचेको छ भन्ने?’

    • ५.
      कस्तो रहला आजको मौसम?

    • ६.
      सिमा बारे बालेनको अभिव्यक्ति अराजक,अनैतिक र गैरजिम्मेवार – सांसद शर्मा

    • ७.
      भरतपुरमा राष्ट्रिय चिकित्सा सम्मेलन सुरु, स्वास्थ्य क्षेत्र सुधारमा मुख्यमन्त्री बानियाँको जोड

    • ८.
      हनी ट्र्याप : थाइल्यान्डबाट पक्राउ परिन् टिकटकर तुलसा

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.