रुकुम पश्चिम प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोपाल शर्माले मतदाता तथा आम नागरिकसँग प्रत्यक्ष सुझाव संकलन गर्न क्युआर स्क्यान प्रणाली सुरु गरेका छन्।
यस प्रणालीमार्फत रुकुम पश्चिमका नागरिकहरूले शिक्षा, स्वास्थ्य, सडक, रोजगारी, कृषि, युवा तथा महिला सशक्तीकरण लगायतका विषयमा आफ्ना सुझाव, गुनासा र अपेक्षा सजिलै पठाउन सक्नेछन्। मोबाइलबाट क्युआर कोड स्क्यान गरेपछि खुल्ने डिजिटल फारममा सुझाव लेखेर पठाउन सकिने व्यवस्था गरिएको छ।
उम्मेदवार शर्माले नागरिकको आवाजलाई चुनावी घोषणापत्र र भावी कार्ययोजनाको आधार बनाउने उद्देश्यले यो पहल गरिएको बताए। “राजनीति अब भाषणमै सीमित होइन, जनतासँग सुन्ने र सिक्ने प्रक्रियाबाट अघि बढ्नुपर्छ,” उनले भने।
उनका अनुसार गाउँ–टोल, युवा, महिला, व्यवसायी, किसान तथा विभिन्न पेशामा आबद्ध नागरिकका सुझावलाई प्राथमिकताका साथ संकलन गरी नीतिगत प्रतिबद्धतामा समेटिनेछ।
डिजिटल माध्यमबाट सुझाव संकलन गर्ने यो प्रयासलाई समावेशी, पारदर्शी र सहभागितामूलक राजनीतितर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
यसरी स्क्यान गरेर सुझाव पठाउन सकिन्छ।
