आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रुकुम पश्चिमले मुसिकोटबाट जनभेटघाट कार्यक्रमको सुरुवात गरेको छ ।
मंगलबार मनोनयन दर्ता गरेर आजबाट नेकपाले चुनावलक्षित भेटघाट सुरु गरेको जनाएको छ ।
Advertisement
उम्मेदवार गोपाल शर्मासहित पार्टीका नेताहरु मुसिकोट नगरपालिका –८ बाट जनभेटघाट केन्द्रित आज बिहान वडा नम्वर ८ को घोरखानी बस्तीबाट सुरु भएको जनभेट लसुनबारी, क्वाम्मा हुँदै वडा नम्वर ७ को साँखमा पुगेको छ ।
भेटघाट तथा अन्तरक्रियामा प्रत्यक्ष तर्फका उम्मेदवार शर्मासँगै समानुपातिक उम्मेदवार झक्कुप्रसाद घर्ती, पार्टीका केन्द्रिय सदस्य बिमल कुमार पुन, जिल्ला ईन्चार्ज बसन्त कुमार शर्मा, संयोजक गोबिन्द रोका लगायतको टोली रहेको छ । भोली झुलखेतबाट भेटघाट अभियान नियमित हुने बताईएको छ।