नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुनमा हुने निर्वाचनमा पूर्वी रुकुमबाट उम्मेदवारी दिने घोषणा गरेका छन्।
Advertisement
रुकुम पश्चिममा आयोजना गरिएको पार्टी एकता सभा कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले जनयुद्धकालदेखि नै रुकुमसँग आफ्नो गहिरो राजनीतिक र भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै जनताको आग्रह र समर्थनका आधारमा पूर्वी रुकुमबाट चुनाव लड्ने निर्णय गरेको बताए।
“रुकुम जनआन्दोलन र परिवर्तनको ऐतिहासिक भूमि हो,” उनले भने, “त्यही भूमिबाट फेरि जनताको प्रतिनिधित्व गर्दै संसदमा पुग्ने इच्छा छ।” उनले आगामी चुनावलाई परिवर्तन, सुशासन र सामाजिक न्यायको पक्षमा निर्णायक बनाउने प्रतिबद्धता व्यक्त गर्दै पार्टी संगठनलाई अझ मजबुत बनाउँदै लैजाने बताए।