आठबिसकोट। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -११ स्थित नवज्योती आधारभूत विद्यालयको भवनको जग्गा खरिदमा आर्थिक समस्या भएपछी सहयोग गर्न चाहनेहरु लाई आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ। युनिसेफ नेपाल मार्फत विद्यालयको भवन निर्माणको आयोजना परेपनि जग्गा अभावका कारण सहयोग संकलन गरेर जग्गा खरिद गर्नुपर्ने भन्दै विद्यालयले एक सूचना जारी गरेको छ।
विद्यालय भएको साविकको ठाउँमा विधार्थीलाई टाढा र अपायक पर्ने हुँदा नयाँ ठाउँमा जग्गा खरिद गरेर भवन निर्माण गर्नुपर्ने बताईएको छ। स्थानीय प्रशान्त कुमार बस्यालका अनुसार ५ लाख बराबरको जग्गा खरिद गर्नुपर्ने र उक्त रकम विद्यालय सँग नभएकोले सहयोग संकलन अभियान सुरु गरिएको बताए। उनका अनुसार हालसम्म ४० हजार रुपैयाँ संकलन भएको बताए।
हालको विद्यालय सम्म पुग्न बिधार्थी लाई झन्डै साढे १ घण्टा लाग्ने हुँदा अब बन्ने नयाँ ठाउँको विद्यालयमा थप सहज हुने छ। उक्त विद्यालयमा
बालविकास र कक्षा १ सम्म पठनपाठन हुने बताइएको छ।
