सरकारले मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेको छ । पदीय गरिमा विपरीत होटलमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त र शपथ गराएपछि विवादमा परेकी उनी बर्खास्त भएकी हुन्।
Advertisement
हिजो बिहान भण्डारीले एमाले संसदीय दलका नेता यादवलाई होटलमा शपथ गराएपछि हिजो दिनभर जनकपुरधाम तनावग्रस्त भएको थियो ।
मन्त्रिपरिषद्को हिजो बेलुका बसेको बैठकले भण्डारीलाई पदबाट हटाउने निर्णय गर्दै सुरेन्द्रलाल कर्ण लाई प्रदेश प्रमुखको रूपमा सिफारिस गरेको छ ।