रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जेनजीहरुले ध्यानाकर्षण पत्र बुझाएका छन। नगरपालिकाका उपप्रमुख धन कुमारी शाही लाई १२ गते पत्र बुझाइएको हो ।
Advertisement
नवीन कुसारीको नेतृत्वमा ९ बुँदे ध्यानाकर्षण पत्र पालिकालाई बुझाईएको हो । पत्रमा लेखिएको छ ।,, बजार क्षेत्रमा कालोपत्रे सडक तथा सरसफाइ व्यवस्थापन , गाडी भाडादर कायम गर्नुपर्ने , अलपत्र स्वास्थचौकी निर्माण गर्न ध्यान दिनुपर्ने र पालिका स्तरीय कार्यक्रमहरुमा जेनजीलाई समावेश गर्नुपर्ने बताइएको छ ।
४ जनाको हस्ताक्षर रहेको पत्रमा आफ्ना मागहरु पूरा नभए पालिका कब्जा गर्ने उल्लेख गरिएको छ । पत्रको निष्कर्षमा भनिएको छ । युवाहरुको माग १५-२० दिनमा सम्बोधन नभए पालिका कसरी कब्जा गर्नुपर्छ । भन्ने कुरा जेनजी युवाहरुलाई मात्रै थाहा छ ।
