• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो

आज फेरी बढ्यो सुनको मूल्य

खाना पकाउने ग्यासको मूल्य बढ्यो ,कति पुग्यो ?

घट्यो पेट्रोलको मूल्य

रोल्पा जीप दुर्घटना : गृह मन्त्रालय द्वारा छानबिन समिती गठन

रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

राजीनामा दिने तयारीमा त्रिविका पदाधिकारी

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा जीप दुर्घटना हुँदा बालक सहित १३ जना घाइते

  • २. आठबिसकोटमा जीप दुर्घटना

  • ३. एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

  • ४. रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

  • ५. आठबिसकोटमा कर्णाली गार्मेन्ट उद्योग सञ्चालन

  • ६. अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

  • ७. आज देखी नयाँ शैक्षिक सत्र सुरु

  • ८. आठबिसकोटमा पुनर्निर्माणको पहिलो किस्ता माग, तत्काल काम अगाडी बढाउन ध्यानआकर्षण

  • ९. हिंसापीडित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाज द्वारा बालबालिकालाई निःशुल्क शैक्षिक सामग्री वितरण

  • १०. पूर्वाधार आयोजना समयमै सम्पन्न गर्न संसदीय समितिको कडा निर्देशन, राष्ट्रिय गौरवका आयोजनाको अवस्था अध्ययन गर्न संसदीय उपसमिति गठन

अन्नपूर्ण र मुस्ताङमा पर्यटकको लर्को, व्यवसायी भन्छन्-‘यति धेरै पर्यटक आउलान् भनेर कल्पना गरेका थिएनौँ’


  •   सोमबार, कार्तिक १०, २०८२ मा प्रकाशित
  • म्याग्दी । अन्नपूर्ण आधार शिविरमा गत असोजको अन्तिम सातादेखि सुरु भएको पर्यटकको लर्को यही कात्तिक दोस्रो हप्ताको सुरुआतसम्म पनि रोकिएको छैन । यी दुई ठाउँमा यस वर्ष यति धेरै पर्यटक आउलान् भनेर कसैले कल्पना गरेका थिएनन् ।

    Advertisement

    पछिल्ला दिन मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका होटलहरु भरिभराउ भएका छन् । होटेल सञ्चालकलाई आवास व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । दसैँ, तिहार, छठलगायत चाडपर्वको लामो बिदामा विद्यालय कलेजका विद्यार्थी, युवा तन्नेरी, कर्मचारी, बैंक तथा वित्तीय संस्था र चाडपर्व मनाउन विदेशबाट जन्मथलो आएकाका रोजाइमा मुस्ताङ र अन्नपूर्ण आधार शिविर परेको हो । स्थल मार्गबाट घुम्नेहरूका रोजाइमा ती चार जिल्लाका पर्यटकीय स्थल परेको छ ।

    आन्तरिक पर्यटकको पहिलो रोजाइमा मुस्ताङ जिल्लास्थित मुक्तिनाथ दर्शन गर्ने गन्तव्य बनेको छ । मुस्ताङ पुगेकाहरूले कोरला नाका, लोमान्थाङ दरबार, छोसेर गुफा, चिउँसी गुफा, चराङ गुम्बा, मराङ गुम्बा, कागबेनी, ढुम्बाताल र मार्फा गाउँको भ्रमण गर्ने गर्दछन् । यहाँ बर्सेनि आठ लाख बढी आन्तरिक र डेढ लाख बढी विदेशी पर्यटकले मुस्ताङको भ्रमण गर्ने जनाइएको छ ।

    छोटो अवधिमा पहाडी र हिमाली क्षेत्रको एकै पटक साहसिक यात्रामा रुचि राख्नेहरू म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण हिमालको आधार शिविरमा पुगेका छन् । फुतफुते झरना र अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङको पञ्चकुण्ड ताल हुँदै चार हजार एक सय ९० मिटर उचाइमा अवस्थित अन्नपूर्ण आधार शिविर पुगिन्छ । तीन दिनमा आधार शिविर पुगेर फर्कन सकिन्छ । निलगिरी र अन्नपूर्ण हिमालको फेदमा समथर फाँटमा रहेको अन्नपूर्ण आधार शिविर नयाँ गन्तव्य पनि हो ।

    म्याग्दी हुँदै सडक मार्ग भएर दैनिक आठ हजार जना मुस्ताङ भित्रिएका छन् भने अन्नपूर्ण आधार शिविर जानेको सङ्ख्या दैनिक पाँच सय जना भन्दा बढी छ । बेनीका होटेल व्यवसायी हरिकृष्ण श्रेष्ठले अन्नपूर्ण आधार शिविर र मुस्ताङमा यसपालि कल्पना गरेको र भएका होटलहरुको क्षमता भन्दा धेरै सङ्ख्यामा पाहुना आएका बताए ।

    “दसैँ र तिहारमा मुक्तिनाथ र उपल्लो मुस्ताङ भ्रमण गर्नेहरूको घुइँचो विगत देखिनै भए पनि यसपालि अन्नपूर्ण आधार शिविर जानेहरू पनि थपिदा होटेल, रेष्टुरेन्ट र होमस्टेहरुले थेग्न नसकेका हुन्,” उनले भने “आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि राज्यले बनाएको नीतिको व्यवहारिक कार्यान्वयन नहुँदा घुमेर रमाउन आएका पाहुनाहरूले गोजीमा पैसा भएर पनि खाना र बस्नको लागि दुःख पाउने अवस्था आएको हो ।”

    होटेलको क्षमताले नथेकेपछि म्याग्दी र मुस्ताङका प्रशासन, सुरक्षा निकाय, होटेल व्यवसायी र उद्योग वाणिज्य संघले अग्रिम बुकिङ गरेर घुम्न आउन अनुरोध, कुश्मा, बागलुङ र पोखराका होटेल, व्यक्तिका घर, सामुदायिक भवन र धर्मशालामा बसोबासको व्यवस्था मिलाएका छन् । म्याग्दीका होटेलमा दैनिक दुई हजार र मुस्ताङमा दैनिक तीन हजार जनासम्म पाहुनालाई सहज रूपमा व्यवस्थापन गर्न सकिने क्षमता छ ।

    भुरुङ–तातोपानीका होटेल व्यवसायी राजु हमालका अनुसार अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग, म्याग्दी र मुस्ताङका होटलहरु यो हप्ताको अन्तिमसम्म बुक भइसकेका छन् । “छठपछि स्कुल, कलेज, कार्यालय खुल्ने हुँदा पाहुनाको आगमन दर घटे पनि अकुपेन्सी राम्रो छ,” उनले भने “जेनजी आन्दोलनका कारण सोह् श्राद्ध र प्रतिकुल मौसमले दसै लगत्तै पर्यटक आगमन नहुँदा निराश भएका व्यवसायीलाई राहत मिलेको छ ।”

    सडक यातायातको सहज पहुँच र प्रचारप्रसारका कारण मुस्ताङ र अन्नपूर्ण आधार शिविर आन्तरिक पर्यटकको रोजाइमा परेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताए । “मुक्तिनाथ, कागबेनीको तीर्थयात्रा गर्ने, हिमाल, उजाड पहाड, ताल तलैया हेर्न, हिमाली जनजीवन र संस्कृतिमा रमाउने तथा गाडी चढेरै कोरला नाकासम्म पुग्न सकिने भएपछि मुस्ताङ धेरैको रोजाइमा परेको हो,” उनले भने “ यात्रामा हिमालको फेदीमा पुग्न सकिने भएकाले युवायुवती अन्नपूर्ण आधार शिविरमा आकर्षित भएका हुन् ।”

    सामाजिक सञ्जालका सामग्री र सञ्चार माध्यममा प्रकाशन भएका समाचारले पनि पर्यटकीय स्थलको प्रचारप्रसारमा सहयोग पुगेको अध्यक्ष अध्यक्ष श्रेष्ठको भनाइ छ । पर्यटक आगमनले म्याग्दी र मुस्ताङमा होटेल व्यवसायीलाई क्षमता र सुविधा वृद्धिका लागि प्रेरित, नयाँ लगानीको सम्भावना देखाउनुका साथै अन्नपूर्ण आधार शिविरको पदमार्गमा सीमित सङ्ख्याको क्षमतामा रहेका होटलहरुको क्षमता बढाउन राज्यलाई दबाब पुगेको उनले बताए ।

    भ्रमणमा आउने पाहुनाहरूले अग्रिम बुकिङ गरेर आएमा व्यवस्थापनमा सहज हुने उनले बताए । बेनी–जोमसोम सडकका म्याग्दी खण्डको अधुरो सडक स्तरोन्नतिलाई पूर्णता दिनुपर्ने, पहिरो तथा कटान प्रभावित ठाउँको सडकलाई सुरक्षित बनाउन, होटलहरुको वर्गीकरण गरी सेवा शुल्कमा नियमित गर्नुपर्ने पर्यटकले बताएका छन् ।

    अन्नपूर्ण आधार शिविर जाने पर्यटकहरूले नारच्याङ–हुमखोला सडक मर्मत, यातायात भाडादरमा एकरूपता, पदमार्गका होटलहरुको क्षमता र सुविधा थप, सञ्चार तथा विद्युत् सुविधाको व्यवस्थापनको आवश्यकता ल्याएका छन् ।

    म्याग्दी १ (क)बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले तीनै तहका सरकारका निकाय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), निजी क्षेत्र र सरोकारवालासँग समन्वय गरी पर्यटन क्षेत्रमा देखिएका समस्या पहिचान गरी समाधानको पहल गर्ने बताए ।

    • मुस्ताङ्ग पर्यटक
    सोमबार, कार्तिक १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो
    आज फेरी बढ्यो सुनको मूल्य
    खाना पकाउने ग्यासको मूल्य बढ्यो ,कति पुग्यो ?
    घट्यो पेट्रोलको मूल्य
    रोल्पा जीप दुर्घटना : गृह मन्त्रालय द्वारा छानबिन समिती गठन
    रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

    लोकप्रिय

    • १.
      आठबिसकोटमा जीप दुर्घटना हुँदा बालक सहित १३ जना घाइते

    • २.
      आठबिसकोटमा जीप दुर्घटना

    • ३.
      एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

    • ४.
      रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

    • ५.
      आठबिसकोटमा कर्णाली गार्मेन्ट उद्योग सञ्चालन

    • ६.
      अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

    भर्खरै

    • १.
      जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो

    • २.
      आज फेरी बढ्यो सुनको मूल्य

    • ३.
      खाना पकाउने ग्यासको मूल्य बढ्यो ,कति पुग्यो ?

    • ४.
      घट्यो पेट्रोलको मूल्य

    • ५.
      रोल्पा जीप दुर्घटना : गृह मन्त्रालय द्वारा छानबिन समिती गठन

    • ६.
      रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

    • ७.
      अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

    • ८.
      एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.