• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

आज संविधान दिवस मनाईदैँ

संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

आज बढ्यो सुनको मूल्य

नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

चार वटा संसदीय समितिको बैठक बस्दै

आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

आज पनि घट्यो सुनको मूल्य

कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

  • २. सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

  • ३. आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

  • ४. कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

  • ५. राजनीतिक चेतना र सामाजिक सञ्जाल

  • ६. आज घट्यो सुनचाँदीको मूल्य

  • ७. भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

  • ८. बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

  • ९. हरितालिका तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने

  • १०. भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या १ हजार ३८४ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

लोप हुँदै परम्परागत पानीघट्ट


  •   शुक्रबार, कार्तिक ०७, २०८२ मा प्रकाशित
  • मुस्ताङ : कुनै समयमा यहाँका ९६ वटै गाउँ बस्तीमा उवा, जौ, फापर, गहुँ, मकै र फापरको सुकेको पात (ढाप्रा) लगायतका रैथाने बाली पिसेर पीठो बनाउने ‘पानीघट्ट’ प्रयोग हुन्थ्यो। खोला, हिमनदी र सिँचाइ कुलोबाट यहाँका अधिकांश गाउँमा परम्परागत पानीघट्ट चल्थे।

    Advertisement

    विद्युतीय सुविधा नहुँदा त्यस बेलाको उपयुक्त प्रविधि भनेकै परम्परागत पानीघट्ट एक मात्र विकल्प थियो। तर, अचेल त्यो जमाना पूरै फेरिएको छ। पछिल्लो समय तीव्र गतिमा भइरहेको अत्याधुनिक प्रविधिको विकास र विद्युतीय पहुँचका कारण सदियौँदेखि मुस्ताङमा चलनका रूपमा रहेको परम्परागत ‘पानीघट्ट’ संस्कृति बिस्तारै लोप हुने अवस्थामा छ।

    प्राचीन कालदेखि नै पिसानी गर्ने एक स्थानीय घरेलु प्रविधि माध्यमका रूपमा रहेको यस प्रकारको परम्परागत संस्कृतिका रूपमा परिचित ‘पानीघट्ट’ संरक्षण गर्नसमेत यति बेला मुस्किल पर्ने देखिएको छ। हिमाली जिल्लामा रैथाने बालीलाई पीठो बनाउने सफा र उपयुक्त प्रविधिका रूपमा स्थापित बनेको परम्परागत ‘पानीघट्ट’ अचेल प्रविधिको विकाससँगै मुस्ताङका अधिकांश गाउँहरूमा लोप हुन थालेका छन्। पिसानी सहज बनाउने परम्परागत पानीघट्ट सङ्कटमा परेको हो।

    घरपझोङ- ५ ठिनीमा गाउँहरूको सामूहिक एक परम्परागत पानीघट्ट सञ्चालनमा छ। यहाँको पानीघट्ट गाउँलेबाट वार्षिक तीन हजार शुल्क बुझाउने गरी ढुम्बा स्थानीय हिमा गुरुङले सञ्चालन गरेका छन्। ठिनी गाउँबाट दुई वर्षदेखि पानीघट्ट आफूले सञ्चालन गर्दै आइरहेको हिमा बताउँछिन्।

    पानीघट्टमा एक मुरी अन्न पिसेको एक पाथी ज्याला लिने गरेको सञ्चालक गुरुङ बताउँछिन्। धेरैजसोले छिटोछरितोका लागि विद्युतीय मेसिनमा पिस्ने गर्छन्, घट्टमा घण्टौँ लाग्ने काम मेसिनले केही समयमै पूरा गरिदिन्छ। सञ्चालक गुरुङले भनिन्, ‘पानीघट्टको महत्त्व र यसबाट हुने फाइदा बुझेकाहरू पीठो पिस्न यहाँ आउनुहुन्छ।’ यहाँ आफूले चलाएको पानीघट्टमा सेवा लिन ठिनी गाउँ र जोमसोम आसपासका सेवाग्राही आउने गरेको गुरुङले बताइन्।

    पानीघट्टमा फापर, फापरको पात ९ढाप्रा०, उवा, फापर, जौँ, गहुँ र मकै पिस्न आउने गरेको जानकारी दिइन्। यहाँका पानीघट्ट सिँचाइका लागि प्रयोग गरिने कुलोको पानीबाट सञ्चालन गर्ने गरिएको उनको भनाइ छ। खेतीपातीमा सिँचाइ गर्दा घट्टको काम रोकिन्छ, अन्नबाली थन्क्याएपछिको खाली समयमा पानीघट्ट चलाउने गरेको उनले उल्लेख गरिन्। पछिल्लो समय प्रविधिको विकाससँगै जलवायु परिवर्तनका कारण पानीका हिमनदीहरू सुक्दै जान थालेपछि पानीघट्ट संस्कृति जोगाउन मुस्किल पर्ने देखिएको बताइन्।

    ठिनी पानीघट्टमा फापर पिस्ने सेवा लिन पुगेकी घरपझोङ-४ जोमसोमकी स्थानीय प्रमिता थकालीले परम्परागत पानीघट्टको महत्त्व र फाइदा मानिसले बुझ्न नसकेकोप्रति चिन्ता व्यक्त गरिन्। पानीघट्टमा पिसेको अन्नबालीको परिकार स्वादिलो, स्वास्थ्यवर्द्धक र दिगो हुने भएकाले आफू सधैँ पानीघट्टमा धाउने गरेको बताइन्।

    पछिल्लो समय विद्युती मेसिन गाउँघरमा पर्याप्त मात्रामा सञ्चालनमा रहेको भए पनि घट्टमा पिसेको अन्नबालीको परिकार नतात्तिने, गन्ध नआउने, छिटो नब्रिगने र धेरै समयसम्म राख्न टिकाउ हुने भएकाले पानीघट्ट संस्कृति बिर्सन नहुने स्थानीय थकालीले उल्लेख गरिन्। मानिसहरू छोटो समय धेरै समय बचत गर्न चाहने सोचले गर्दा समय किफायत गर्न पानीघट्टमा जाने प्रचलन हराउँदै जान थालेको उनको भनाइ छ। जोमसोममा रहेको दुई पानीघट्टमध्ये एक पूरै बन्द भएको र अर्को पानीघट्ट चलाउन सिँचाइ कुलोको पानी नहुँदा समस्या पर्ने गरेको स्थानीय थकालीले बताइन्।

    त्यसैगरी, घरपझोङ- ५ ठिनी गाउँकी स्थानीय हाल पोखरा बस्दै आइरही सीमा थकालीले पोखरामा लैजान फापर र उवाको सातु पिस्न घट्ट आएको बताइन्। मेसिनमा पिसेभन्दा पानीघट्टमा पिसेको पिठो स्वस्थ्यकर र लामो समयसम्म प्रयोगमा ल्याउन मिल्ने भएकाले पानीघट्टको संरक्षण गर्न आवश्यक रहेको औँल्याइन्।

    पानीको सहायताले घट्टको जाँतोलाई घुमाएर चल्ने एक प्रकारको परम्परागत प्रविधि पानीघट्ट मुस्ताङका केही गाउँमा मात्र रहेको छ। यहाँ सदियौँदेखि घरेलु प्रविधिका रूपमा अपनाइएको परम्परागत पानीघट्ट संरक्षण, संवर्द्धन तथा प्रवर्धन गर्न सरोकारवाला निकायहरूले ध्यान दिनुपर्ने देखिएको छ।

    • पानी घट्ट
    शुक्रबार, कार्तिक ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना
    आज संविधान दिवस मनाईदैँ
    संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड
    आज बढ्यो सुनको मूल्य
    नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?
    चार वटा संसदीय समितिको बैठक बस्दै

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

    • २.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ३.
      आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

    • ४.
      कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

    • ५.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    • ६.
      आज घट्यो सुनचाँदीको मूल्य

    भर्खरै

    • १.
      राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

    • २.
      आज संविधान दिवस मनाईदैँ

    • ३.
      संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      आज बढ्यो सुनको मूल्य

    • ५.
      नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

    • ६.
      चार वटा संसदीय समितिको बैठक बस्दै

    • ७.
      आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ८.
      आज पनि घट्यो सुनको मूल्य

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.