जेनजी आन्दोलनका घाइते र सरकार बिचको छलफलमा एनजीओको कुरा आएपछी बालुवाटारमा खैलाबैला भएको छ । अन्तरिम सरकार र जेनजी आन्दोनलका घाइते बीच बालुवाटारमा भएको वार्ता निष्कर्षबिहिन बनेको हो । जेनजी आन्दोलनका घाइतेहरुले सरकार समक्ष राखेका मागहरु सम्बोधन नहुने भएपछी वार्ता भड्किएको छ। संविधान संसोधन सहित चुनाव गर्नुपर्ने र परिवर्तनको लागी केही सुझाव राख्न खोज्दा गृहमन्त्री समेतले आफुहरु नै असुरक्षित भएको भन्दै आनाकानी गरेको जेनजीका घाइतेहरुले बताएका छन्।
उनीहरुले संचारकर्मीहरु सँग कुरा गर्दै बारबारा फाउन्डेसनको कुरा उठेपछि संचार मंत्री जगदीश खरेल सहित अन्य मन्त्रीले रिसाउदै उक्त फाउन्डेसनको तारिफ गर्दै आफुहरुलाई हप्काई दप्काई गरेको गुनासो गरे। प्रधानमन्त्री कार्कीले ‘आन्दोलनको मर्मभन्दा बाहिर जाँदैनौं’ भनेर दाबि गरेपनी जेनजीको माग पुरा गर्न तर्फ नलागेको आरोप लगाएका छन्।
बारबाराको कुरा उठेपछि भाडिएको वार्ताले सार्थकता नपाएको आन्दोनलनका घाइतेहरुले न्युज २४ को सिधाकुरा जनता सँग कार्यक्रममा बताएका छन्। उनीहरुले प्रधानमन्त्री सुशिला कार्की समेतले एनजिओको समर्थन गरेपछी आफुहरु सँगको छलफल निष्कर्सबिहिन बनेको दाबी गरेका छन्। आफ्ना मागहरु पुरा नभए सरकार बिरुद्ध कडा कदम चाल्ने उनीहरुले चेतावनी दिएका छन्।