नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सधैंका लागि सरकारबाट हट्यो भन्ने भ्रममा कोही पनि नपर्न आग्रह गरेका छन् । आज (बुधबार) देखि सुरु भएको एमालेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले देशको लागि एमाले चाहिने बताए । एकछिन सरकारबाट हट्दैमा एमाले सधैंका लागि हट्यो भन्ने भ्रममा नपर्न उनले आग्रह गरे ।
Advertisement
‘देशका लागि नेकपा (एमाले) चाहिन्छ । अहिले हामी एकछिन सरकारबाट हट्यौं भनेर अब सधैंका लागि एमाले सरकारबाट हट्यो भन्ने ठानेको होला कतिपयले । यो भ्रममा कोही पनि नपर्दा हुन्छ भन्ने म ठान्छु,’– उनले भने ।