शुक्रबार देखिको लगातारको अविरल वर्षापछि इलामका विभिन्न स्थानमा गएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ। जिल्लाका विभिन्न स्थानीय तहमा गएको पहिरोका घटनामा १८ जनाको मृत्यु भएको पुष्टि भएको छ।
Advertisement
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा ५ जनाको मृत्यु भएको छ। त्यसैगरी माङसेवुङ गाउँपालिका–१ पाटीगाउँमा ३ जनाको, देउमाई नगरपालिका–५ धारेमा १ जनाको र सोही वडाको धुसुनेमा २ जनाको मृत्यु भएको छ।
त्यसैगरी फाकफोकथुम गाउँपालिका–३ रातमाटेमा १ जना र इलाम नगरपालिका–५ घोसगाउँमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।