नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ । शुक्रबार साँझदेखि पर्न सुरु भएको अविरल वर्षाका कारण पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला र मुग्लिन–नागढुंगा सडकखण्डको जवाङ खोलामा दुईतर्फी बाटो अवरुद्ध भएको हो ।
Advertisement
बाटो बन्द भएपछि दुईतर्फी सवारीसाधनको जाम लाग्न सुरु भएको छ । यी दुवै ठाउँमा यसअघि पनि पटक–पटक पहिरो खसेर बाटो अवरुद्ध हुँदै आएको थियो ।
सडक डिभिजन कार्यालय चितवनका अनुसार पहिरो खस्नेक्रम जारी नै रहेको छ। जसका कारण पहिरो हटाउन सकिएको छैन। पहिरो झर्न रोकिएपछि हटाउने कार्य सुरु गरिने छ।