• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, बैशाख ०५, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

दोलखा विकास मञ्चको वार्षिक साधारण सभासहित नयाँ वर्षको शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

अब सरकारी अस्पतालमा पनि शनिबार र आइतबार बिदा

कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

आमा : ममताकी महासागर

बिमा कार्यक्रम : सुदूरपश्चिममा २६ प्रतिशत नागरिक आबद्ध

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पाकिस्तानमै फेरि चाँडै हुनेछ अमेरिका–इरान वार्ता-ट्रम्प

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा कक्षा ८ को नतिजा सार्वजनिक उतिर्ण दर न्युन

  • २. जाजरकोटको नलगाडमा खाना पकाउने ग्यास लिक भएर आगलागी , ३ जना घाइते

  • ३. सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती

  • ४. धनी प्रधानमन्त्रीका करोडपति मन्त्री : कुन मन्त्रीको कति सम्पति ? पुरा विवरण

  • ५. मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

  • ६. सामुदायिक विद्यालय तर्फ ९४ प्रतिशत उत्कृष्ट नतिजा सहित सरस्वती मावी मिग्री आठबिसकोटमा पहिलो

  • ७. आमा : ममताकी महासागर

  • ८. कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

  • ९. दोलखा विकास मञ्चको वार्षिक साधारण सभासहित नयाँ वर्षको शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • १०. पाकिस्तानमै फेरि चाँडै हुनेछ अमेरिका–इरान वार्ता-ट्रम्प

दसैँमा सुनसान बन्दीपुर, आन्दोलनपछि घटे पर्यटक


  •   शुक्रबार, असोज १०, २०८२ मा प्रकाशित
  • दमौली(तनहुँ) । विगतका वर्षमा दसैँको अवसरमा बन्दीपुरमा पर्यटक भरिभराउ हुन्थ्यो । दैनिक एक हजारभन्दा बढी पर्यटकले बन्दीपुर गुल्जार हुन्थ्यो । गत भदौमा आन्दोलन हुनुअघिसम्म पनि बन्दीपुरका होटल तथा होमस्टेको अकुपेन्सी करिब शतप्रतिशतको हाराहारी पुगेको थियो । तर गत भदौ २३ र २४ गते भएको आन्दोलनपछि भने पर्यटक उल्लेख्य घटेका छन् ।

    Advertisement

    बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि बन्दीपुर भ्रमण वर्ष, २०२५ घोषणा गरी अगाडि बढिरहेको सन्दर्भमा पछिल्लो अवस्थापछि पर्यटन व्यवसायी अन्योलमा छन् । दसैँ सुरु भइसक्दा पनि बन्दीपुरमा पर्यटकको आगमन बढ्न नसकेको बन्दीपुर भ्रमण वर्ष, २०२५ का सचिवालय संयोजक एवं पर्यटन व्यवसायी वैशबहादुर गुरुङको भनाइ छ ।

    उनले भने, “दसैँ तिहारजस्ता पर्वमा बन्दीपुरको पर्यटनका लागि उपयुक्त समय हो । तर यस वर्षको दसैँ तिहारका लागि बन्दीपुरको अवस्था जेन जेडको प्रदर्शनपछि बदलिएको छ ।”

    दसैं तिहारमा अघिल्लो वर्ष उल्लेख्य मात्रामा पर्यटक आउने गरेपनि यस वर्ष भने भएको बुकिङ समेत रद्द हुन थालेको उनको भनाइ छ । उनले भने, “दसैँका लागि भएका बुकिङ रद्द हुन थालेका छन्, कोभिडपश्चात् तङ्ग्रिँदै गरेको पर्यटनमा फेरि अहिले आएर धक्का लागेको महसुस गरेका छौ ।”
    बन्दीपुर गाउँपालिकाले केही समय अगाडिमात्रै काठमाडौँमा बन्दीपुर भ्रमण वर्षको भव्य प्रचारात्मक कार्यक्रम गरेको थियो । त्यसले यहाँको पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्ने विश्वास थियो । तर जेन जेड प्रदर्शनपश्चात् परिस्थिति बदलिएको गुरुङको भनाइ छ ।

    बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बन्दीपुर सुरक्षित छ भन्ने सन्देश दिएर पर्यटकलाई आमन्त्रण गर्नुपर्ने चुनौती आएको बताउछन् । उनले भने, “देशमा विषम परिस्थिति सिर्जना भएपनि बन्दीपुर सुरक्षित छ, हामी पर्यटक स्वागत गर्न तयार छौ ।”

    उनका अनुसार भदौमा आन्दोलन सुरु हुनु अघि एक हजारभन्दा बढी पर्यटक आइरहेकामा पछिल्ला दिनमा मुस्किलले १०० पर्यटक पुग्ने गरेका छन् । “आन्दोलन पहिलो कारण हुनसक्छ, त्यसबाहेक सडकको अवस्थाका कारण पनि पर्यटक आउन नसकेको हो कि भन्ने छ, अब हामी बन्दीपुर सुरक्षित छ भन्ने सन्देशसहित पर्यटक ल्याउनेमा केन्द्रित हुनेछौँ”, उनले भने । अध्यक्ष थापाले आगामी विश्व पर्यटन दिवसका दिन बन्दीपुर आउने पर्यटकलाई स्वागतको कार्यक्रम राखिएको छ ।

    विसं २०८१ मा दुई लाख पर्यटकले तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमण गरेका थिए । त्यसमध्ये विदेशी पर्यटक ६० हजार र स्वदेशी पर्यटक एक लाख ५० हजार रहेको जनाइएको छ । यस वर्ष त्यसको दोब्बर पर्यटक भित्र्याउने लक्ष्य थियो ।

    बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक आएको तथ्याङ्क छ ।

    खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यको रूपमा सूचीकृत गरेको छ ।

    भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्कदेवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थलहरू यहाँ आउने पर्यटकहरूको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ । रासस

    • पर्यटक
    • बन्दिपुर
    शुक्रबार, असोज १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखा विकास मञ्चको वार्षिक साधारण सभासहित नयाँ वर्षको शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    अब सरकारी अस्पतालमा पनि शनिबार र आइतबार बिदा
    कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता
    सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती
    सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
    आमा : ममताकी महासागर

    लोकप्रिय

    • १.
      आठबिसकोटमा कक्षा ८ को नतिजा सार्वजनिक उतिर्ण दर न्युन

    • २.
      जाजरकोटको नलगाडमा खाना पकाउने ग्यास लिक भएर आगलागी , ३ जना घाइते

    • ३.
      सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती

    • ४.
      धनी प्रधानमन्त्रीका करोडपति मन्त्री : कुन मन्त्रीको कति सम्पति ? पुरा विवरण

    • ५.
      मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

    • ६.
      सामुदायिक विद्यालय तर्फ ९४ प्रतिशत उत्कृष्ट नतिजा सहित सरस्वती मावी मिग्री आठबिसकोटमा पहिलो

    भर्खरै

    • १.
      दोलखा विकास मञ्चको वार्षिक साधारण सभासहित नयाँ वर्षको शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    • २.
      अब सरकारी अस्पतालमा पनि शनिबार र आइतबार बिदा

    • ३.
      कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

    • ४.
      सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती

    • ५.
      सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

    • ६.
      आमा : ममताकी महासागर

    • ७.
      बिमा कार्यक्रम : सुदूरपश्चिममा २६ प्रतिशत नागरिक आबद्ध

    • ८.
      पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.