दैलेखमा लेखा अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित नियन्त्रणमा लिएको छ ।
Advertisement
अख्तियारको सुर्खेत कार्यालयले दैलेखको डुंगेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत (सातौँ) टंक बहादुर कार्कीलाई एक लाख रुपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ गरिएको हो ।
अधिकृत कार्कीले सेवाग्राहीबाट एक लाख रुपैयाँ नगद रकम घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको अख्तियारले बताएको छ । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान बढाइएको छ ।