• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, फागुन १८, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज फागु पूर्णिमा अर्थात् होलीः रङ र अबिर दलेर हर्षोल्लासपूर्वक मनाइँदै

हवाई आक्रमणमा इरानी सेना प्रमुख र रक्षा मन्त्रीको पनि मृत्यु भएको पुष्टि

इरानी आक्रमणबाट दुबई विमानस्थलमा ४ जना घाइते

खामेनीको मृत्युपछि इरानले दियो इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने धम्की

मध्यपूर्वमा तनावः खाली गराइयो विश्वकै अग्लो भवन बुर्ज खलिफा

आठबिसकोटमा एमाले परित्याग गरेर २३ जना नेकपामा प्रवेश

इजरायलले गर्यो इरान माथी आक्रमण हवाई सेवा ठप्प

चुनाव आउँदा पनि रित्तै छ धारापानी, यहाँका जनताले आश्वासन पनि सुन्न पाएनन् ।

रुकुम पश्चिममा पाचौँ पटक उम्मेदवार बनेका जनार्दन लाई आफ्नै सहकर्मी देखि नयाँ अनुहारको चुनौती

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा एमाले,काँग्रेस र प्रलोपा त्यागेर ३० जना बढीले प्रवेश गरे नेकपामा ।

  • २. आठबिसकोटमा नेपाली काँग्रेसको टोल नै नेकपामा प्रवेश

  • ३. दुई दिन लगाएर जाहेरी दर्ता आरोपीलाई अनुसन्धानको लागि हिरासतमा राखियो ।

  • ४. आठविसकोटमा काग्रेसका पुर्व वडा अध्यक्षसहित ६ जना नेकपामा प्रवेश ।

  • ५. आठबिसकोटमा एमाले परित्याग गरेर २३ जना नेकपामा प्रवेश

  • ६. सानिभेरीमा एमाले-काँग्रेस त्यागेर ११ जना नेकपामा प्रवेश

  • ७. शहिदले आन्दोलनमा बगाएको रगत खेर जान दिनेछैन- गोपाल शर्मा

  • ८. काठमाण्डौ ४ : मुस्कान पौडेललाई यसकारण दिने मत ।

  • ९. स्वास्थ्य, रोजगारी र पूर्वाधारमार्फत आत्मनिर्भर रुकुम निर्माण गर्ने नेकपाको प्रतिवद्धता

  • १०. एमाले र रास्वपाबिच झडप, एमालेका दुई कार्यकर्ता घाइते

आन्दोलनमा विजयको ज्यान गयो, गाउँमा बाबुआमा बेखबर


  •   आइतबार, भदौ २९, २०८२ मा प्रकाशित
  • सिरहा । हरिप्रसाद चौधरी घरको बरण्डा अगाडि टोलाएर बसेका छन् । छेउमै जलेश्वरदेवी (विजयकी आमा) उसै गरी टोलाइरहेका छन्। शरीर त्यहीँ छ, तर मन कता हो कता हराएको छ । उनको आँखा त्यही बाटो हेर्दै टोलाइरहेछ, जनीबाट अब विजय कहिल्यै फर्कने वाला छैन । तर उनीहरूलाई थाहा छैन, छोरोले जेन जेड पुस्ता आन्दोलनमा गत मंगलबार संसार छाडिसकेका छन् ।

    Advertisement

    मन बेचैनीले भरिएको छ । अनुहारमा एकैचोटी अनेक कुरा खेलिरहेको प्रष्ट देखिन्छ । आशा, डर अनि थोरै शंका । गाउँमा विजयबारे आएको खबर आधा मात्र हो । “गोली लागेको रे, तर उपचार भइरहेको छ”, नजिकका एक आफन्तले आएर बताएपछि अत्तालिएको आमाबुबाको मन केही सम्हालिएको थियो । तर विजयको फोन, म्यासेज या कुनै खबर आउन छाडेको पनि कयौँ भइसकेको छ ।

    घरको आँगन चिसो लाग्न थालेको छ । तर आमाबुबाको मन अझै तातो छ, छोरो आउने आशामा । भाइको मृत्युको खबर सुनेपछि हेटौँडामा बस्दै आएकी विजयकी दिदी काठमाडौँ पुगेर आमालाई फोनमा सत्य लुकाएर ढाडस दिइरहेकी छन्। “भाइलाई आइसियुमा राखिएको छ आमा, बोल्न सक्ने अवस्थामा हुनुहुन्न । होसमा आएपछि खबर गर्छु ।”

    सत्ताइस वर्षीय विजय चौधरी, लहान-१५ सिमलटोलका बासिन्दा हुन् । गत मंगलबार काठमाडौँको बानेश्वरमा जेन जेड पुस्ता आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली विजयको छातीमा लाग्यो । त्यही ठाउँमा ढले । साथीले उनलाई तत्काल सिभिल अस्पताल लगे, तर त्यस बेला विजयको प्राण गइसकेको थियो । घटनाको पुष्टि हुँदै जाँदा, विजयको शव शिक्षण अस्पतालको शव गृहमा पुगिसकेको थियो । यता गाउँमा चाहिँ सत्य लुकाइएको थियो ।

    पाँच वर्षदेखि काठमाडौँमा ‘हाउसवायरिङ’को काम गर्दै आएका विजय गत साउनमा गाउँमा रोपाइँ सकेर १५ दिनअघि मात्र श्रीमती उर्मिला र चार वर्षकी छोरीसहित फेरि राजधानी फर्किएका थिए । आमाबुबाको औषधि, घर खर्च, बालबालिकाको पढाइलगायत सबै कुरा विजयको कमाइमै निर्भर थियो । तर जसको आशामा घर चलेको थियो, उनै विजय अब फर्कने छैनन् ।

    भाइलाई गोली लागेको खबर पाएपछि हेटौँडामा रहेकी दिदी सुशीला सोही साँझ काठमाडौँ पुगिन् । उनले राजधानीका दर्जनौँ अस्पताल चहारिन्। चौबीस घण्टापछि बल्ल सार्वजनिक सूचीमा भाइको नाम फेला पारिन्। शिक्षण अस्पताल पुगेर भाइको शव पहिचान गरिन्। त्यसपछि विक्षिप्त बनेकी सुशीला बाबुआमालाई सम्हाल्न गाह्रो हुने ठानेर भाइ उपचाररत रहेको झुटा कुरा बताइन् । “छोरीले खबर गरिसकेकी छ, चाँडो निको होस् भनेर भगवान्सँग कामना गरेकी छु”, आमा जलेश्वरदेवीले भनिन् ।

    विजयको दाजु अजय वैदेशिक रोजगारीबाट शनिवार फर्किँदै छन्। उनले नै आमाबुबालाई यो पीडादायी खबर नसुनाउने योजना बनाएकी हुन्। सायद उनलाई लाग्छ, भक्कानिएको आमाबाबुको मन सम्हाल्ने कोही हुने छैनन् । यो खबर सिधै भन्नु आमाको मुटुमाथि चोट हो । गाउँमा अहिले पनि विजयको कोठा खुलै छ । उनको श्रीमती अझै अर्धचेत अवस्थामा छिन् । छोरीले बुझ्ने उमेर छैन । तर आमाको मनमा विजयको पाइला अझै सुनिन्छ-‘पक्कै आउँछ नि!

    सबैसँग मिलेर बस्न सक्ने उनको स्वभाव थियो । लहान-१५ का वडाध्यक्ष तेजनारायण चौधरी भन्छन्, “विजय सधैँ शान्त स्वभावका थिए । कसैसँग झगडा गर्दैनथे । गाउँमा सबैलाई सम्झाई बुझाइ गर्थे ।” उनका अनुसार विजय सो दिन साथीसँग सामान किन्न निस्किएका थिए । संसद् भवनअगाडि भीड देखेपछि भिडियो खिचिरहेका थिए । साथीहरूले फर्किन भनेका थिए, त्यसै बेला उनलाई गोली लाग्यो ।

    गाउँमा अहिले सिंगो टोल स्तब्ध छ । तर त्यो स्तब्धताभन्दा गहिरो छ, सत्यलाई लुकाएर गरिएको प्रतीक्षा । आमाबुबा जसको आँखा बाटोमा छ, जसको कान मोबाइलको घण्टीतिर छ, अनि जसको मन आशा र भयको दोधारमा बाँधिएको छ । आमालाई सत्य कहिले बताइने हो, कुनै पत्तो छैन । रासस

    आइतबार, भदौ २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज फागु पूर्णिमा अर्थात् होलीः रङ र अबिर दलेर हर्षोल्लासपूर्वक मनाइँदै
    हवाई आक्रमणमा इरानी सेना प्रमुख र रक्षा मन्त्रीको पनि मृत्यु भएको पुष्टि
    इरानी आक्रमणबाट दुबई विमानस्थलमा ४ जना घाइते
    खामेनीको मृत्युपछि इरानले दियो इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने धम्की
    मध्यपूर्वमा तनावः खाली गराइयो विश्वकै अग्लो भवन बुर्ज खलिफा
    आठबिसकोटमा एमाले परित्याग गरेर २३ जना नेकपामा प्रवेश

    लोकप्रिय

    • १.
      आठबिसकोटमा एमाले,काँग्रेस र प्रलोपा त्यागेर ३० जना बढीले प्रवेश गरे नेकपामा ।

    • २.
      आठबिसकोटमा नेपाली काँग्रेसको टोल नै नेकपामा प्रवेश

    • ३.
      दुई दिन लगाएर जाहेरी दर्ता आरोपीलाई अनुसन्धानको लागि हिरासतमा राखियो ।

    • ४.
      आठविसकोटमा काग्रेसका पुर्व वडा अध्यक्षसहित ६ जना नेकपामा प्रवेश ।

    • ५.
      आठबिसकोटमा एमाले परित्याग गरेर २३ जना नेकपामा प्रवेश

    • ६.
      सानिभेरीमा एमाले-काँग्रेस त्यागेर ११ जना नेकपामा प्रवेश

    भर्खरै

    • १.
      आज फागु पूर्णिमा अर्थात् होलीः रङ र अबिर दलेर हर्षोल्लासपूर्वक मनाइँदै

    • २.
      हवाई आक्रमणमा इरानी सेना प्रमुख र रक्षा मन्त्रीको पनि मृत्यु भएको पुष्टि

    • ३.
      इरानी आक्रमणबाट दुबई विमानस्थलमा ४ जना घाइते

    • ४.
      खामेनीको मृत्युपछि इरानले दियो इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने धम्की

    • ५.
      मध्यपूर्वमा तनावः खाली गराइयो विश्वकै अग्लो भवन बुर्ज खलिफा

    • ६.
      आठबिसकोटमा एमाले परित्याग गरेर २३ जना नेकपामा प्रवेश

    • ७.
      इजरायलले गर्यो इरान माथी आक्रमण हवाई सेवा ठप्प

    • ८.
      चुनाव आउँदा पनि रित्तै छ धारापानी, यहाँका जनताले आश्वासन पनि सुन्न पाएनन् ।

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.