तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाडेर भागेका छन् । उनले पदबाट राजीनामा दिएको केही समयपछि सरकारी निवास बालुवाटारमा आगजनी र तोडफोड भएको थियो ।
Advertisement
त्यस लगत्तै उनलाई नेपाली सेनाको हेलिकप्टर मार्फत सुरक्षित स्थान तर्फ लगिएको थियो ।
स्रोतका अनुसार ओली काठमाडौं कै बुढानीलकण्ठ नगरपालिकामा पर्ने शिवपुरी ब्यारेकमा गएको खुलेको छ ।
सेनाको हेलिकप्टरमार्फत बालुवाटारबाट उनी पत्नीसहित शिवपुरी गएका हुन् ।