• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, साउन २०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज छ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची

इट्टा भट्टाको पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु

आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने

आयल निगमले फेरि भन्याे- ‘बजारमा ग्यासको अभाव छैन, नपाए फोन गर्नुस्’

प्रमुख प्रशासकीय अधिकृत र राजस्व शाखा प्रमुखसहित ५ जनाविरुद्ध १ करोड ४१ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा

तराईको सुरक्षा अवस्थाबारे प्रधानमन्त्री र गृहमन्त्रीबीच विशेष छलफल

क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

बसको ठक्करबाट सुनकोशीमा कार खस्यो, चार जना बेपत्ता

अबको ३ दिन ठूलो वर्षा हुने सतर्क रहन आग्रह

लोकप्रिय समाचार

  • १. चुनावी हारको नैतिक जिम्मेवारी लिँदै रवि केसीले दिए पदबाट राजीनामा

  • २. क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

  • ३. रुकुम पश्चिममा जीपको ठक्कर बाट दुई जना घाइते , चालक फरार

  • ४. रुकुम पश्चिममा हवाई फायर गरि ३ किलो अफिम सहित दुई जना पक्राउ

  • ५. विभागको बुलेटिन : आज यी स्थानमा भारी वर्षाको पूर्वानुमान

  • ६. राडीज्युला शिक्षा क्याम्पसको सञ्चालक समिति अध्यक्षमा हरिभक्त निर्वाचित

  • ७. अबको ३ दिन ठूलो वर्षा हुने सतर्क रहन आग्रह

  • ८. बसको ठक्करबाट सुनकोशीमा कार खस्यो, चार जना बेपत्ता

  • ९. आज बिहानै गयो भुकम्प

  • १०. जिप्रका रुकुम पश्चिमको वार्षिक उपलब्धिः २२३ अपराध दर्ता, १३३ फरार प्रतिवादी पक्राउ

माओवादीमा “नेतृत्वकै छायाँभित्र झगडा”: प्रचण्ड र जनार्दनबीचको मौन द्वन्द्व


  •   शुक्रबार, साउन १६, २०८२ मा प्रकाशित
  • माओवादी आन्दोलनको सुरूवातदेखि नै एकअर्काका सहयात्री। युद्धका मैदानमा, सत्ताका संघर्षमा, अनि संसदका गल्लीहरूमा पनि सँगै देखिएका दुई अनुहार – पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनार्दन शर्मा ‘प्रभाकर’।
    तर, आज यिनै दुई नामबीच शीतयुद्ध चलेको चर्चा छ – लाउड माइक होइन, मौन संकेतहरूमा आन्तरिक द्वन्द्व चलिरहेको छ । द्वन्द्व कालदेखि अहिलेसम्म विश्वासका पात्र मानिएका जनार्दन र प्रचण्ड बिचको टकरावले पार्टी फुट्छ की भन्ने हल्ला पनि चलिरहेको छ ।

    Advertisement

    पार्टीमा नयाँ पुस्तालाई अवसर दिनुपर्ने दाबी गर्दै आएका जनार्दनले आफुले पार्टी फुट्ने कुनै पनी अभिव्यक्ति नदिएको र पार्टी फुटाउने होइन । पार्टीलाई थप बलियो बनाउने तर्क गर्दै आएका छन्। भने सार्वजनिक कार्यक्रममै दुबैले एकअर्कालाई घोचपेज गरिरहेका छन्। हेडक्वाटर बिरुद्धको लडाईमा पार्टी भित्र जनार्दन शक्तिशाली भएर प्रस्तुत भैरहेका छन्। अहिले सामाजिक सञ्जालमा जनार्दनले पार्टी फुटाउन लागेको भन्ने हल्ला सत्य नभएको भन्दै शर्माले पार्टी सुदृढीकरणका लागि बहस छलफल चलाउन खोज्दा पार्टीको माथिल्लो तह बाटै जनार्दनले पार्टी फुटाउन लाग्यो भनेर गलत प्रचार भैरहेको स्पष्ट पारेका छन्।

    शक्तिशाली ‘प्रभाकर’ को उदय

    २०६२/६३ पछि जब माओवादी संसदीय राजनीतिमा आयो, धेरै पुराना कमाण्डरहरू ओझेल परे। तर जनार्दन शर्मा भने प्रचण्डको निकटतम सर्कलमा प्रवेश गरिरहे र प्रचण्डलाई साथ दिदै अर्थ, उर्जा, गृह जस्ता शक्तिशाली मन्त्रालयहरूमा उनी दोहोरिएर आइरहँदा पार्टीभित्रै चर्चा उठ्थ्यो – “प्रचण्डभन्दा पछि जन्मिए पनि प्रभाकर अगाडि निस्कँदैछन्।” पार्टीमा होस या सरकार होस जनार्दनले परिणामुखी काम गर्दै आएका छन्।

    संगैका सहयोद्धा कमाण्डरहरु आज एमाले तिर र फरक पार्टी खोलेर हिडिरहँदा शर्माले पार्टीभित्र नै अन्तरसंघर्ष गरिरहेका छन्। प्रचण्डले विश्वास गरेकै कारण शर्मा बारम्बार मन्त्री बने। तर, पछिल्लो समय पार्टीको बैठकदेखि नीतिगत निर्णयसम्म जनार्दनले बेग्लै लाइन लिन थालेको बताइएपनी शर्माले भने पार्टीको हित विपरित कुनै कार्य नगरेको दाबी गर्दै आएका छन्।

    गत वर्ष बजेट निर्माणमा देखिएको विवाद, गृह मन्त्रालयमा देखिएको निर्णयगत अपारदर्शिता, र पार्टीमा ‘एकल नेताको वरिपरि घुम्ने प्रवृत्ति’ विरुद्धको असन्तोष – यी सबैले शर्मा–प्रचण्ड सम्बन्धमा चिसोपन थपेका छन्। शर्माले पार्टीभित्र आफ्नो छुट्टै गुट निर्माण गरिरहेको गुनासो प्रचण्ड पक्षका नेताहरूले बारम्बार उठाउँदै आएका छन्। माओवादीमा अहिले पछिल्लो समय शर्मा नेतृत्वको दोस्रो पुस्ताका ‘मुखर अनुहार’ बनेका छन्। प्रचण्ड भने अझै आफू ‘अपरिहार्य नेता’ भएको मान्यता राख्छन्। शर्मा भने नेतृत्व अब पुस्तान्तरण हुनुपर्छ भन्ने धारणा राख्छन् – यो नै प्रचण्ड र जनार्दन बिचको मूल टकरावको जड हो।

    दुबै बिचको मुख्य विवाद शर्मा सामाजिक न्याय र आर्थिक सुधारलाई जोड दिनुपर्ने तर्क गर्छन्। उनी बजेट, विकास र वित्तीय नीति सम्बन्धी स्पष्ट दृष्टिकोण राख्छन्। तर प्रचण्ड अझै आन्दोलन, गठबन्धन राजनीति, र ‘व्यवहारिक लचकतामा विश्वास राख्छन यी फरक सोचका कारण पछिल्लो समयमा पार्टीको नीति निर्माणमा मतभेद देखिन थालेको हो।

    सार्वजनिक रूपमा यी दुईले मतभेद स्वीकारेका छैनन्। तर पार्टी बैठकहरूमा हुने मौन बहस, रणनीतिक चुप्पी, अनि छायाँ गठबन्धनहरूले स्पष्ट देखाउँछन् – अब यिनीहरूबीच विश्वासजति बाक्लो छैन, दूरी चाहिँ बाक्लिंदो छ।

    पार्टीभित्र ‘पछिल्लो पुस्ता’ को उभार

    जनार्दन शर्मा मात्र होइन, वरपरका केही युवापुस्ताका नेता र पूर्वकमाण्डरहरू प्रचण्डको शैलीबाट आजित छन्। उनीहरू नेतृत्वमा सत्तान्तरण चाहन्छन्। तर पार्टीमा बोल्ने आँट गर्न सक्दैनन्। चुपचाप प्रचण्ड लाई स्विकार्न तयार हुन्छन । तर नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने मानसिव हुँदा पनी गुपचुप हुन्छ्न।

    युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न नचाहने प्रचण्ड अझै आफूलाई ‘अपरिहार्य’ मान्छन्। यही मान्यताविरुद्ध बोल्न नसकेका तर गुनासो राख्ने अनुहारमध्ये एक हुन् – जनार्दन शर्मा जसले भविष्यको लागि नेतृत्व लिने सपना बोकेको चर्चा चल्दैछ। प्रचण्ड चाहन्छन् – पार्टी अझै केही समयसम्म आफ्नै वरिपरि घुमोस्। तर शर्माले ‘राजनीतिक पूँजी’ बनाइरहेका छन्, प्रचण्ड त्यो नियन्त्रण गर्न खोजिरहेका छन्। प्रचण्ड र जनार्दन शर्मा बीचको टकराव खुला झगडा होइन । यो एक शीतयुद्ध हो । जुन रणनीतिमा चलिरहेको संघर्ष र
    पार्टीको एकताको मुखुण्डोभित्र नेतृत्वको दाबी, असन्तोष र अविश्वासको बिखण्डन दबिएको छ ।

    समान सपना, भिन्न यात्रा

    मोहन वैद्य ‘किरण’ ले पनि भट्टराईजस्तै असन्तुष्टि पोख्दै पार्टी छाडे। “शान्तिप्रक्रिया धोका हो,” भन्दै उनले २०६९ मा नयाँ माओवादी गठन
    गरे भने नेत्रविक्रम चन्द ‘विप्लव’ ले त झन् सशस्त्र मार्ग नै पुनः रोजे। उनका केही कार्यकर्ताहरू अहिले पनि भूमिगत छन् – बम विस्फोटदेखि बन्द आव्हानसम्म गरिरहन्छन्।

    जनयुद्धमा एउटै सपना बोकेका योद्धाहरू आज आपसैमा प्रतिस्पर्धी बनेका छन्। कसैले संसद रोजे, कसैले सडक, कसैले फरक पार्टी तर
    ‘जनयुद्ध’ शब्द अहिले पनि थुप्रैको मानसपटलमा अंकित छ। तर, माओवादी आन्दोलन अहिले खुद आन्तरिक द्वन्द्वको शिकारजस्तो देखिन्छ।
    संघीयता आएपछि स्थानीय सरकारमा समेत पदको लोभ, स्रोतको बाँडफाँड, गुट–उपगुटको खेलले आन्दोलनको एजेन्डालाई ध्वस्त पारिदिएको छ।

    जनताको नजरमा प्रश्नचिन्ह

    “हिजो जनताको मुक्तिको लागि लडेका नेता, आज किन आफैंभित्र लडिरहेका छन्?” फेरी माओवादी फुट्दै छ ? यो प्रश्न अहिले गाउँगाउँका माओवादी समर्थकहरूका आँखामा टाँसिएको छ ।

    • प्रचण्ड जनार्दन
    शुक्रबार, साउन १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज छ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
    इट्टा भट्टाको पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु
    आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने
    आयल निगमले फेरि भन्याे- ‘बजारमा ग्यासको अभाव छैन, नपाए फोन गर्नुस्’
    प्रमुख प्रशासकीय अधिकृत र राजस्व शाखा प्रमुखसहित ५ जनाविरुद्ध १ करोड ४१ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा
    तराईको सुरक्षा अवस्थाबारे प्रधानमन्त्री र गृहमन्त्रीबीच विशेष छलफल

    लोकप्रिय

    • १.
      चुनावी हारको नैतिक जिम्मेवारी लिँदै रवि केसीले दिए पदबाट राजीनामा

    • २.
      क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

    • ३.
      रुकुम पश्चिममा जीपको ठक्कर बाट दुई जना घाइते , चालक फरार

    • ४.
      रुकुम पश्चिममा हवाई फायर गरि ३ किलो अफिम सहित दुई जना पक्राउ

    • ५.
      विभागको बुलेटिन : आज यी स्थानमा भारी वर्षाको पूर्वानुमान

    • ६.
      राडीज्युला शिक्षा क्याम्पसको सञ्चालक समिति अध्यक्षमा हरिभक्त निर्वाचित

    भर्खरै

    • १.
      आज छ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची

    • २.
      इट्टा भट्टाको पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु

    • ३.
      आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने

    • ४.
      आयल निगमले फेरि भन्याे- ‘बजारमा ग्यासको अभाव छैन, नपाए फोन गर्नुस्’

    • ५.
      प्रमुख प्रशासकीय अधिकृत र राजस्व शाखा प्रमुखसहित ५ जनाविरुद्ध १ करोड ४१ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा

    • ६.
      तराईको सुरक्षा अवस्थाबारे प्रधानमन्त्री र गृहमन्त्रीबीच विशेष छलफल

    • ७.
      क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

    • ८.
      बसको ठक्करबाट सुनकोशीमा कार खस्यो, चार जना बेपत्ता

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.