इलामको सूर्योदय नगरपालिका–१ का स्थानीय काजी तामाङको घरमा गएराति माइजोगमाई २, तारसिंह गाउँ बस्ने २१ वर्षे प्रकाश चापागाईंलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ ।
Advertisement
उक्त घटनामा ३२ वर्षे निरोज चापागाईं गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
प्रकाशलाई लिन निरोज ससुराली घर गएका बेला सूर्याोदय १, सिरिसेका ३३ वर्षे किरण शेर्पासँग झगडा परेको थियो । त्यसैक्रममा शेर्पाले प्रकाशमाथि धारिलो हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।