सुजन बिश्वकर्मा
पोखरा असार ३१ : पोखरा महानगरपालिका वार्ड नम्बर १७ कोटिहोम चोकमा गुडिरहेको हाइस र बाइक ठोक्किएको छ ।
गल्याङ देखी छुटेर पोखरा हुँदै काठमाण्डौ जानको लागि गुडिरहेको हाइस र स्थानीय युवकले चलाएको बाइक छोरेपाटन देखि बिरौटा तर्फ जाँदै गर्दा एकआपसमा ठोक्किँदा बाइक चालक गम्भीर घाइते भएका छन ।
अगाडि तिव्र गतिमा गुडिरहेको F AA 0135 नम्बरको हाइस एक्कासि बिस्तारै चल्न थालेपछि पछाडि बाट आइरहेको ग ८ प २२२० नम्बरको बाइक अनियन्त्रित हुँदा दुर्घटना भएको खुल्न आएको छ ।

बाइक चालकलाई दुर्घटना लगत्तै स्थानीयहरुले गण्डकी मेडिकल कलेज उपचारको लागि पठाएका छन भने हाइस चालकलाई नियन्त्रणमा लिइ १७ नम्बर वडा प्रहरी र ट्राफिक प्रहरिको जिम्मा लगाइएको छ ।
गुडिरहेको हाइस भित्र चालक एक्कासि यात्रुसँग गफ गर्न थालेको र गति सुस्त गराएको साथै अगाडि पछाडि ध्यानै नगरेको हुँदा दुर्घटना भएको प्रत्यक्ष दर्शीहरुले बताएका छन ।

घटनास्थलमा प्रहरी/ट्राफिक प्रहरीले सोधपुछ र प्रारम्भिक अनुसन्धान गरि हाइस र बाइक घटना स्थल बाट हटाइएको छ भने थप अनुसन्धान र कारबाहीको लागि प्रक्रिया अगाडि बढाएको छ । घाइतेको भने गण्डकी मेडिलक कलेज पोखरामा उपचार भइरहेको छ ।