आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाबाट फेरी एक सुत्केरी महिलाको हेलिकप्टर बाट उद्धार गरिएको छ । हिजो मंगलबार एक गर्भवती महिलाको हेलि मार्फत उद्धार गरेको नगरपालिकाले आज फेरी अर्को एक सुत्केरी महिलाको उद्धार गरिएको हो ।
Advertisement
आठबिसकोट नगरपालिका- का १८ वर्षिया रति नाथलाई हेलिकप्टर बाट उद्धार गरी सुर्खेत पठाईएको नगर प्रमुख रवि केसीले जानकारी दिए । नगरप्रमुख केसीका अनुसार नाथ गएराती साढे ११ :३० बजेतिर नगर अस्पतालमा जन्मिएको बच्चालाई भेन्टिलेटरमा राख्नुपर्ने भएकाले हेलिकप्टर मार्फत उद्धार गरिएको बताए ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत नेपाली सेनाको हेलिकप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत पठाईएको हो ।