जिल्ला प्रहरी परिसर, काठमाडौँले झण्डै डेढ करोड रुपैयाँको बैंकिङ कसुर मुद्दाकी एक फरार अभियुक्तलाई पक्राउ गरेको छ।
Advertisement
सुनसरीको साविक धरान उपमहानगरपालिका ८ बस्ने वर्ष ५४ को सुचित्रा श्रेष्ठलाई १ करोड ४६ लाख १ हजार ७३३ रुपैयाँ रकमको बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।