रसुवाको भोटेकोशी नदीमा आएर बाढीमा फसेकाहरुलाई उदार गर्न गएको तीन प्रहरी बेपत्ता भएका छन् । अहिलेसम्म बेपत्ता हुनेको सख्या ३ प्रहरीसहित १८ जना पुगेको छ ।रसुवा प्रहरीका अनुसार बाढी आएपछि उद्धारमा खटिएकामध्ये इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र प्रहरी जवान लोकेन्द्र बोहरा बेपत्ता भएका हुन् ।
बेपत्ता हुने अन्यमा १२ जना नेपाली नागरिक र ६ जना चिनियाँ रहेको बताइएको छ । बेपत्ता भएका उनीहरुको खोजी कार्य भइरहेको पनि प्रहरीले जनाएको छ । बेपत्ता हुनेहरुमा नेपाली नागरिक जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, नरेन्द्र विक, फुर्वा लामा, गोविन्द मोक्तान, लोकमान तामाङ रहेको छन् । त्यसैगरी चिनियाँ नागरिकहरुमा YU YUE, LI HUAQING, YANG CHUAN, YU HAI HANG, YOU XIAO QIU र JOU YONG बेपत्ता भएका छन् ।
आज विहान अन्दाजी ३ बजेको समयमा मित्रराष्ट्र चिनको एरियामा परेको अबिरल बर्षाको कारण रसुवाको गोसाइकुण्ड–२ स्थित रसुवागढीमा बाढी आएको थियो । उक्त बाढीले नेपाल र चिन नाका जोड्ने मितेरी बगाएको र मानिस र सवारी साधनमा आगतजावत बन्द रहेको प्रहरीले जनाएको छ ।