प्रेस सेन्टर नेपाल आठविसको नगरपालिका रुकुम पश्चिमको तेस्रो नगर अधिवेशन सम्पन्न भएको छ । आज आठविसकोट नगरपालिकामा भएको तेस्रो नगर अधिवेशन बाट नयाँ नगर समिति गठन गरिएको छ ।
नगर अधिवेशनबाट इतिहास परियारको अध्यक्षतामा ११ सदस्यीय नगर समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा सुवास बटाला, सचिवमा सन्तोश केसी, सह सचिवमा रमेश केसी र कोषाध्यक्ष विमला चन्द चयन भएका छन्।
त्यतै सदस्यहरुमा भगवती थापा, गोविन्द बुढा, सन्तोश शिर्पाली, आशा विक , रेश्मा विक, मणिकर्ण बुढा र सल्लाहकारमा महेश मल्ल चयन भएको प्रेस सेन्टरका जिल्ला अध्यक्ष मनिष खड्काले जानकारी दिए ।
यस अघि बाँफीकोट र मुसिकोट नगरपालिका मा प्रेस सेन्टर पालिका अधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व चयन भइसकेको छ । अव जिल्लाको ३ स्थानीय तह सानीभेरी, त्रिवेणी गाउँपालिका तथा चौरजहारी नगरपालिकामा अधिवेशन हुन बाँकी छ ।