डोल्पाको सदरमुकाम दुनैमा रहेको एक मात्र जिल्ला अस्पतालले अब अत्याधुनिक युएसजी मेसिन जडान सहितको सेवा सुरु गरेको छ । अत्याधुनिक रङ्गीन डप्लर र ईको प्रोपसहितको युएसजी (USG) मेसिन जडान गरी मुटुको जाँच सेवा सुरु गरिएको छ।
Advertisement
अस्पतालका अनुसार सामाजिक विकास मन्त्रालयको सहयोगमा ३५ लाखमा रुपैयाँ बराबरको मेसिन खरिद गरेर मुटुको जाँच सम्बन्धि थप सेवा सुरु गरिएको हो ।
अब मुटुको इको परीक्षण, अल्ट्रासाउण्ड (USG) सेवाहरू दुर्गमको जिल्ला अस्पतालबाटै पाइनेछन्। यस अघि मुटु सम्बन्धि सामान्य जाँच हुने हुदाँ डोल्पाका बिरामीहरु मर्कमा पर्दै आएका थिए।अब भने मुटुको जाँच जिल्लामै हुने भएपछि बिरामीहरुलाई राहत पुगेको छ ।