रुकुम पश्चिमको चौरजहारीमा एक पुरुषले खुकुरी प्रहार गरेर आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
चौरजहारी नगरपालिका -३ टाटागाउँ निवासी ३२ वर्षका चन्द्रबहादुर बुढाथोकीले आफ्नै श्रीमती ३० वर्षीया देविका बुढाथोकीको हत्या गरेको प्रहरीले जनाएको छ।
हत्याको कारण भने खुल्न सकेको छैन । अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक प्रमेश बिष्टको नेतृत्वमा प्रहरी घटनास्थलमा पुगेको छ ।
धारिलो हतियार सहित चन्द्र बहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुकुम पश्चिमको चौरजहारीमा एक पुरुषले खुकुरी प्रहार गरेर आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
चौरजहारी नगरपालिका -३ टाटागाउँ निवासी ३२ वर्षका चन्द्रबहादुर बुढाथोकीले आफ्नै श्रीमती ३० वर्षीया देविका बुढाथोकीको हत्या गरेको प्रहरीले जनाएको छ।
हत्याको कारण भने खुल्न सकेको छैन । अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक प्रमेश बिष्टको नेतृत्वमा प्रहरी घटनास्थलमा पुगेको छ । धारिलो हतियार सहित चन्द्र बहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।