• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, बैशाख ०५, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

दोलखा विकास मञ्चको वार्षिक साधारण सभासहित नयाँ वर्षको शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

अब सरकारी अस्पतालमा पनि शनिबार र आइतबार बिदा

कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

आमा : ममताकी महासागर

बिमा कार्यक्रम : सुदूरपश्चिममा २६ प्रतिशत नागरिक आबद्ध

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पाकिस्तानमै फेरि चाँडै हुनेछ अमेरिका–इरान वार्ता-ट्रम्प

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा कक्षा ८ को नतिजा सार्वजनिक उतिर्ण दर न्युन

  • २. जाजरकोटको नलगाडमा खाना पकाउने ग्यास लिक भएर आगलागी , ३ जना घाइते

  • ३. सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती

  • ४. धनी प्रधानमन्त्रीका करोडपति मन्त्री : कुन मन्त्रीको कति सम्पति ? पुरा विवरण

  • ५. मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

  • ६. सामुदायिक विद्यालय तर्फ ९४ प्रतिशत उत्कृष्ट नतिजा सहित सरस्वती मावी मिग्री आठबिसकोटमा पहिलो

  • ७. आमा : ममताकी महासागर

  • ८. कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

  • ९. दोलखा विकास मञ्चको वार्षिक साधारण सभासहित नयाँ वर्षको शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • १०. पाकिस्तानमै फेरि चाँडै हुनेछ अमेरिका–इरान वार्ता-ट्रम्प

इँटाभट्टमा हुर्किएकी गोमाले ल्याइन् ४ जिपिए, भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

  •   सोमबार, असार १६, २०८२ मा प्रकाशित
  • भक्तपुर । माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा गत शुक्रबार सार्वजनिक हुँदा भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित एक इँटाभट्टाको जस्ताको टहरामा बस्दै आएकी गोमा श्रेष्ठ स्थानीय किसानको धान रोपाइँको मेला गएर भर्खर फर्किएकी थिइन् ।

    Advertisement

    चाँगुनारायण–८ सुडालको महेन्द्रग्राम माध्यमिक विद्यालयबाट एसइई दिएकी उनीलाई एसइईको नतिजा सार्वजनिक भयो भन्ने खबरले आफ्नो नतिजाबारे उत्सुक हुनु स्वाभाविकै हो । हतारहतार अनलाइनमार्फत आफ्नो नतिजा खोज्न थालिन् । नतिजा आउँदा खुसीको सीमा रहेन । उनी सर्वोत्कृष्ट अङ्क ४ जिपिएसहित उत्तीर्ण भइन् ।

    सामुदायिक विद्यालयमा अध्ययन गरेर पनि ४ जिपिए हासिल गरेकी उनी भक्तपुरका ३० सर्वोत्कृष्ट विद्यार्थीमध्ये एक बन्न सफल भइन् भने चाँगुनारायण नगरपालिकाकै सर्वोत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी बनिन् । गोमाको थातथलो रामेछापको खनियाँपानी हो । उनी चार वर्षको उमेरमा अभिभावकसँग खनियापानीबाट भक्तपुर आउकी हुन् । परिवारको आर्थिक कमजोर अवस्था र छोरी गोमाको पढाइप्रतिको रुचिका कारण खनियापानी छाडेर भक्तपुरको सुडाल आएको गोमाको बुबा मीनबहादुर श्रेष्ठले बताए ।

    “एकातर्फ कमजोर आर्थिक अवस्था अर्कोतर्फ छोरी गोमाले सानै बेलादेखि पढाइप्रति रुचि राख्ने भएकाले आफ्नो थातथलो छोडेर भक्तपुर आएँ, कामको खोजी गर्दै । त्यो बेला गोमा चार वर्षकी थिइन्,” मीनबहादुरले भने, “रामेछापको खनियाँपानीबाट भक्तपुर झर्नुको खास कारण छोरीको पढाइकै कारणले हो ।”

    भक्तपुर आएर इँटाभट्टामा काम सुरु गरेका मीनबहादुरले गोमालाई नजिकैको महेन्द्रग्राम माध्यामिक विद्यालयमा भर्ना गरिदिए ।

    दिउँसो विद्यालय जाने गोमा साँझ बिहान भने इँटाभट्टको खलामा खेल्दै हुर्कन थालिन् । उमेरसँगै गोमाले बुबाआमाको काममा सघाउन थालिन् । दिउँसो विद्यालय जाने, साँझ बिहान खलाको इँटा सुकाउन ओल्टाइपल्टाई गर्ने उनको दैनिकी बन्दै गयो । त्यसरी नै दैनिकी अघि बढेको गोमाले कक्षा ९ सम्म लगभग उनी रुटिनमा दैनिकी बिताइन् ।

    कक्षा १० पुगेपछि भने गोमाले आफ्नो दैनिकीलाई केही परिवर्तन गरिन्। “बुबाआमाले पनि अबको एक वर्ष पढाइ ध्यान दिन भन्नुभयो । एसइई दिनुपर्ने भएकाले विद्यालयले पनि पढाईमा जोड दिन सुझाव दिनुभयो । त्यसैले मैले आफ्नो दैनिकीलाई केही परिमार्जन गरेर पढाइमा ध्यान दिन थालेंँ । यसैको परिणाम आज मैले एसइईमा राम्रो नतिजा पाएँ,” उनले भनिन् ।

    गोमाले भविष्यको लक्ष्य डाक्टर बन्ने रहेको बताइन् । तर त्यसको लागि कडा मेहनतका साथ पढेर छात्रवृत्तिमा नाम निकाल्नुको विकल्प नभएको उनले बताइन् । “विज्ञान सङ्कायमा प्लस टु गरी नेपालको कुनै पनि मेडिकल कलेजमा छात्रवृत्तिमा नाम निकालेर एम बिबिएस पढ्ने लक्ष्य छ । एक असल डाक्टर बनेर मेरो जन्मदाता, देश र जनताको निःस्वार्थ रुपमा सेवा गर्नु नै मेरो मुख्य लक्ष्य हो । यसका लागि कडा मेहनत चाहिन्छ भन्ने ज्ञान छ । सोही अनुसार तयारी गर्छु,” उनले भनिन् ।
    रासस

    भक्तपुर । माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा गत शुक्रबार सार्वजनिक हुँदा भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित एक इँटाभट्टाको जस्ताको टहरामा बस्दै आएकी गोमा श्रेष्ठ स्थानीय किसानको धान रोपाइँको मेला गएर भर्खर फर्किएकी थिइन् ।

    चाँगुनारायण–८ सुडालको महेन्द्रग्राम माध्यमिक विद्यालयबाट एसइई दिएकी उनीलाई एसइईको नतिजा सार्वजनिक भयो भन्ने खबरले आफ्नो नतिजाबारे उत्सुक हुनु स्वाभाविकै हो । हतारहतार अनलाइनमार्फत आफ्नो नतिजा खोज्न थालिन् । नतिजा आउँदा खुसीको सीमा रहेन । उनी सर्वोत्कृष्ट अङ्क ४ जिपिएसहित उत्तीर्ण भइन् ।

    सामुदायिक विद्यालयमा अध्ययन गरेर पनि ४ जिपिए हासिल गरेकी उनी भक्तपुरका ३० सर्वोत्कृष्ट विद्यार्थीमध्ये एक बन्न सफल भइन् भने चाँगुनारायण नगरपालिकाकै सर्वोत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी बनिन् । गोमाको थातथलो रामेछापको खनियाँपानी हो । उनी चार वर्षको उमेरमा अभिभावकसँग खनियापानीबाट भक्तपुर आउकी हुन् । परिवारको आर्थिक कमजोर अवस्था र छोरी गोमाको पढाइप्रतिको रुचिका कारण खनियापानी छाडेर भक्तपुरको सुडाल आएको गोमाको बुबा मीनबहादुर श्रेष्ठले बताए ।

    “एकातर्फ कमजोर आर्थिक अवस्था अर्कोतर्फ छोरी गोमाले सानै बेलादेखि पढाइप्रति रुचि राख्ने भएकाले आफ्नो थातथलो छोडेर भक्तपुर आएँ, कामको खोजी गर्दै । त्यो बेला गोमा चार वर्षकी थिइन्,” मीनबहादुरले भने, “रामेछापको खनियाँपानीबाट भक्तपुर झर्नुको खास कारण छोरीको पढाइकै कारणले हो ।”

    भक्तपुर आएर इँटाभट्टामा काम सुरु गरेका मीनबहादुरले गोमालाई नजिकैको महेन्द्रग्राम माध्यामिक विद्यालयमा भर्ना गरिदिए ।

    दिउँसो विद्यालय जाने गोमा साँझ बिहान भने इँटाभट्टको खलामा खेल्दै हुर्कन थालिन् । उमेरसँगै गोमाले बुबाआमाको काममा सघाउन थालिन् । दिउँसो विद्यालय जाने, साँझ बिहान खलाको इँटा सुकाउन ओल्टाइपल्टाई गर्ने उनको दैनिकी बन्दै गयो । त्यसरी नै दैनिकी अघि बढेको गोमाले कक्षा ९ सम्म लगभग उनी रुटिनमा दैनिकी बिताइन् ।

    कक्षा १० पुगेपछि भने गोमाले आफ्नो दैनिकीलाई केही परिवर्तन गरिन्। “बुबाआमाले पनि अबको एक वर्ष पढाइ ध्यान दिन भन्नुभयो । एसइई दिनुपर्ने भएकाले विद्यालयले पनि पढाईमा जोड दिन सुझाव दिनुभयो । त्यसैले मैले आफ्नो दैनिकीलाई केही परिमार्जन गरेर पढाइमा ध्यान दिन थालेंँ । यसैको परिणाम आज मैले एसइईमा राम्रो नतिजा पाएँ,” उनले भनिन् ।

    गोमाले भविष्यको लक्ष्य डाक्टर बन्ने रहेको बताइन् । तर त्यसको लागि कडा मेहनतका साथ पढेर छात्रवृत्तिमा नाम निकाल्नुको विकल्प नभएको उनले बताइन् । “विज्ञान सङ्कायमा प्लस टु गरी नेपालको कुनै पनि मेडिकल कलेजमा छात्रवृत्तिमा नाम निकालेर एम बिबिएस पढ्ने लक्ष्य छ । एक असल डाक्टर बनेर मेरो जन्मदाता, देश र जनताको निःस्वार्थ रुपमा सेवा गर्नु नै मेरो मुख्य लक्ष्य हो । यसका लागि कडा मेहनत चाहिन्छ भन्ने ज्ञान छ । सोही अनुसार तयारी गर्छु,” उनले भनिन् ।

    सोमबार, असार १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखा विकास मञ्चको वार्षिक साधारण सभासहित नयाँ वर्षको शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    अब सरकारी अस्पतालमा पनि शनिबार र आइतबार बिदा
    कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता
    सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती
    सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
    आमा : ममताकी महासागर

    लोकप्रिय

    • १.
      आठबिसकोटमा कक्षा ८ को नतिजा सार्वजनिक उतिर्ण दर न्युन

    • २.
      जाजरकोटको नलगाडमा खाना पकाउने ग्यास लिक भएर आगलागी , ३ जना घाइते

    • ३.
      सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती

    • ४.
      धनी प्रधानमन्त्रीका करोडपति मन्त्री : कुन मन्त्रीको कति सम्पति ? पुरा विवरण

    • ५.
      मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

    • ६.
      सामुदायिक विद्यालय तर्फ ९४ प्रतिशत उत्कृष्ट नतिजा सहित सरस्वती मावी मिग्री आठबिसकोटमा पहिलो

    भर्खरै

    • १.
      दोलखा विकास मञ्चको वार्षिक साधारण सभासहित नयाँ वर्षको शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    • २.
      अब सरकारी अस्पतालमा पनि शनिबार र आइतबार बिदा

    • ३.
      कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

    • ४.
      सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती

    • ५.
      सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

    • ६.
      आमा : ममताकी महासागर

    • ७.
      बिमा कार्यक्रम : सुदूरपश्चिममा २६ प्रतिशत नागरिक आबद्ध

    • ८.
      पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.