सुनको मूल्यमा आज प्रतितोला एकसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्य आज तोलाको एक लाख ९२ हजार तीनसय रुपैयाँ कायम भएको छ।
गएको मंगलबार सुनको मूल्य प्रतितोला एक हजार सातसय र बुधबार एक हजार पाँचसय रुपैयाँ घटेको थियो।
हिजो सुनको मूल्य तोलाको एक लाख ९२ हजार दुईसय रुपैयाँ थियो।